Comments Add Comment

तेलको अभावले राजधानीमा खानेपानीको आपूर्ति ठप्प

२६ असोज, काठमाडौं । इन्धनको अभाव झेलिरहेका राजधानीबासीले खानेपानीको समेत अभाव झेल्नुपर्ने भएको छ । पानी उद्योगीहरुले इन्धनको अभाव देखाउँदै बजारसम्म पानी पुर्‍याउन नसक्ने स्पष्ट पारेका छन् ।

bottle water press meet Finalनेपाल बोटल वाटर उद्योग संघले प्रशस्त मात्रामा पानीको उत्पादन भइरहे पनि इन्धन अभावका कारण बजारमा पुर्‍याउन नसकिने बताएको छ । पानी लिन उद्योगमै जानेलाई सेवा दिन तयार रहेको बताउँदै सरकारले इन्धन सहज रुपमा उपलब्ध नगराएसम्म बजारसम्म भने पानी पुर्‍याउन नसक्ने संघको भनाई छ ।

उद्योगमा नै आएर पानी खरिद गर्नेलाई उद्योगकै मूल्यमा पानी दिइने संघले जानकारी गराएको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव हुँदा ६० प्रतिशत आपूर्ति घटेको संघका महासचिव मधु घोरासैनीले बताए ।

‘पानी उद्योगहरुसँग रहेको इन्धनको मौज्दात सकिँदै गएको र सरकारले पनि यसप्रति चासो नदेखाएकाले हामीहरुवाट उत्पादित प्रशोधित पिउने पानी उपभोक्तासम्म पुर्‍याउन असमर्थ छौं’ उनले भने- ‘बजारमा इन्धन नपाएपछि निगमसँग सहयोग माग्न जाँदा निगमले समेत सहयोगका लागि इन्कार गरेको छ ।’

हाल काठमाडौंमा शुद्ध पिउने पानीमध्ये ७५ देखि ८० प्रतिशत निजी पानी उद्योगहरुले उपभोक्तामा आपुर्ति गर्दै आएका छन् । इन्धन नपाइएपछि आजैदेखि आपुर्ति ठप्प हुने घोरासैनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment