Comments Add Comment

आपूर्ति सहज बनाउन कूटनीतिक प्रयास सुरु भइसक्योः उपप्रधानमन्त्री थापा

२६ असोज, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँग देखिएको पारवहन तथा आवागमनमा देखिएको समस्या समाधान गर्न कूटनीतिक प्रयास सुरु भइसकेको बताएका छन् । केही दिनमै जनताले राहतको अनुभव गर्ने उनले बताए ।

Kamal-Thapaरिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा थापाले भने- पारवहन असहजताले नेपाली जनताले दुःख पाइरहेका छन् । यो समस्याको समाधान सरकारको पहिलो प्राथमिकता हो ।’

राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले अहिलेको समस्यालाई तीन ढंगबाट समाधान गर्न सरकार लागि परेको बताए ।

उनले भने-पहिलो राजनीतिक समस्याको रुपमा रहेको मधेस आन्दोलनलाई बार्ता र सम्वादको माध्यमबाट समाधान गर्नुपर्छ । यसका लागि पहिलो मन्त्री परिषदको बैठकले आब्हान गरिसकेको छ । हामी घनिभुत ढंगबाट बार्ता सम्वादलाई अघि बढाउँछौं ।’

दोस्रो पारवहन तथा आवागमनमा देखिएको असहजता राजनीतिक समस्या समाधान र भारतसँग कुटनीतिक सम्वादबाट पहल गर्ने र तेस्रो, दैनिक उपभोग्य वस्तु आपूर्ति समस्यामा देखिएको समाधानको लागि मौज्दातमा अल्पकालीन, मध्यकालीन र दिर्घकालीन समस्या समाधान गर्न पहल सुरु भइसकेको उनले बताए ।

परराष्ट्रमन्त्री थापाले नेपालको असंलग्नता, पञ्चशील र संयुक्त राष्ट्र संघको बडापत्रमा आधारित पराष्ट्र नीतिलाई प्रो एक्टिब र प्राग्मेटिक ढंगले अगाडि बढाउने बताए । उनले चीन र भारतसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने दृढता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment