Comments Add Comment

केकी जी, तपाइलाई यस्तो काम गर्न सुहाउँदैन

keki-adhikari
नेपाली चलचित्रकी चर्चित नायिका हुन् केकी अधिकारी । सामाजिक संजालदेखि मिडियामा पनि केकीको चर्चा खुबै हुन्छ । केकीबाट धेरै कुरा सिक्नेहरु पनि भेटिन्छन् । यसैले पनि देशकी चर्चित नायिकाले साना-साना कुरामा पनि ध्यान दिन जरुरी छ ।

सोमबार बेलुकी काठमाण्डौमा आयोजना भएको एक अवार्ड समारोहमा भने केकीले शिष्टता विर्सिइन् । सेलिबि्रटी भैसकेपछि यस्ता कुरामा ध्यान दिनु पर्ने हो । तर, सायद केकीले यो कुरा भुलेको हुनसक्छ । keki-adhikari-1
अनलाइनखबरको क्यामेरामा कैद भएको एक तस्बिरले यस्तै कुरा बताउँछ । कार्यक्रमका लागि प्रज्ञा हलको बाहिरी परिसरमै रातो कार्पेट ओछ्याइएको थियो । रातो कार्पेटमा कलाकारदेखि उपस्थित पाहुना हिडिरहेका थिए । कुनै पनि कार्यक्रममा रातो कार्पेटको महत्व विशेष हुन्छ ।

तर, केकीले पाहुनाको सम्मान र स्वागतका लागि राखिएको कार्पेटका महत्व नवुझेको हुनसक्छ । सबै कलाकार र अतिथी कार्पेटबाट हिडिरहेको समयमा केकीलाई भने अल्छी लागेको हुनसक्छ । यसैले उनी रेड कार्पेटको महत्वलाई चुनौती दिदै छेउमै लगाइएको बारमुनिबाट छिरिन् । बार मुनिबाट छिरेर केकी रेड कार्पेटको विच भागमा पुगिन् र तस्बिर खिचाउन थालिन् ।keki-and-babu

सामान्य नवुझेको मानिसले जस्तो एक चर्चित नायिकाले गर्न सुहाउँदैनथ्यो । तर, केकीलाई सायद तस्बिर खिचाउन हतार भएको हुनसक्छ । अरु कलाकार रेड कार्पेटको सुरुवाती भागबाट आइरहदा यी नायिकाले भने त्यसलाई वेवास्ता गरिन् । सायद, केकी जस्ती नायिकाले यो काम गर्नु त्यती स्वभनिय नहुन सक्थ्यो । केकी जी, अब यस्ता कुरामा विशेष ध्यान दिनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment