Comments Add Comment

बन्ने भयो ‘र्‍याग्स गाइज्’, सुशीलदेखि नाजिरसम्म दोहोरिने

Rags gys
चलचित्र ‘मौन र होस्टेल रिटर्न्स’ बनाएर नेपाली चलचित्र क्षेत्रमा छुट्टै छाप छोड्न सफल निर्देशक सुरज भुषालले नयाँ चलचित्र घोषणा गरेका छन् । नयाँ ब्यानरसँगै चलचित्रको पनि घोषणा गरिएको हो ।

बटवाल फिल्मस्को ब्यानरमा सुरजले नयाँ निर्माता तिलक केसीसँग मिलेर चलचित्र ‘र्‍याग्स गाइज्’ निर्माण गर्न लागेका हुन् । यो चलचित्रको आज काठमाण्डौको मण्डला थिएटरमा कार्यक्रमको आयोजना गर्दै घोषणा गरियो ।

चलचित्रमा ‘होस्टेल रिटर्न्स’बाट एकसाथ नेपाली रजतपटमा डेब्यू गरेका ४ कलाकार यो चलचित्रमा देखिनेछन् । चलचित्रमा सुशिल श्रेष्ठ, अभय बराल, नाजिर हुसेन र सुशिल सिटौला मुख्य भूमिकामा रहनेछन् । चलचित्रका लागि नायिकको घोषणा भैरहेको सुनिलले जानकारी दिए ।

उनले ४ यूवाको नामबाट चलचित्रको नाम राखिएको बताए । आर.ए.जी.एस नामबाट चार पात्रको नाम आउने उनको भनाई थियो । निर्माता तिलक केसीले आफूले कुनै धारको भन्दा पनि धारिलो धारको चलचित्र बनाउने बताए । ४ कलाकारले दशैको शुभकामना मात्र दिएका थिए । कलाकारको भूमिका र बिषयवस्तुको बारेमा केही पनि खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment