Comments Add Comment

खानामा ४० हजार खर्च, थाइल्याण्डको शहर गन्हाएर अन्तै गएर सुते

Krishna Malla_Khana and Celebs
कुुनै समयका चर्चित नायक हुन् कृष्ण मल्ल । केही सिरियलको निर्देशन समेत गरेका मल्ल रंगमञ्चवाट आएका कलाकार हुन् । पछिल्लो समय अभिनयमा कमै सक्रिय भएका मल्ल सामाजिक काममा व्यस्त हुन थालेका छन् ।

अनलाइनखबरले हरेक मंगलवार प्रकाशन हुने ‘सेलीब्रेटी र खाना’ स्तम्भ अन्र्तगत कलाकार मल्लसँग कुराकानी गरेको छ :
बिहान र बेलुका के खानु हुन्छ ?
म स्पेशल ब्रेकफाष्ट लिन्न । बिहान एक लीटर पानी, ४/५ पिस बिस्कुट र एउटा उसिनेको अण्डा खान्छु । दिउँसो प्राय साढे १२ देखि एक बजे खाना खान्छु । खानामा कालो दाल, भात, हरियो साग र आलु प|mाई अनिवार्य जस्तै हुन्छ  ।

मिठो लाग्ने खानेकुरा ?
खासै नमिठो केही पनि लाग्दैन । झोल हालेको खसीको मासु र लोकल कुखुराको झोल बढी मिठो लाग्छ ।

मिठो नलाग्ने खानेकुरा ?
मलाई पहिला पहिला लौकाको तरकारी मन पर्दैन थियो । अहिले त खान्छु ।

मासु कत्तिको खानु हुन्छ ?
हामी प्राय शनिवार मात्रै मासु खाने गर्छौं । अरु दिन प्राय भेज खाने चलन छ । किनकी नियमित मासु स्वास्थ्यका लागि पनि हानिकारक छ ।

डाईटिङ गर्नुहुन्छ ?
डाईटिङ अहिलेसम्म गरेको छैन । म जती पनि खाईदिन्छु ।

विदेश गएको बेला के बढी खानुहुन्छ ?
पहिलो प्राथमिकता त नेपाली स्टाईलको खानालाई नै दिन्छु । यदि नेपाली खाना पाईएन भने मात्रै नुडल्स वा केएफसीवाट काम चलाउँछु ।

तपाईलाई के-के पकाउन आउँछ ?
अण्डा उसिन्न आउँछ, अम्लेट, पोच र चिया बनाउन आउछ ।

विदेश जाँदा खान नजानेर अप्ठ्यारो भएको छ ?
खान नजानेर हैन । खाने कुरा नपाएर समस्या भएको थियो । एउटा ट्रेनिङको लागि थाईल्याण्ड गएको बेला सिंगै शहर गन्हायो । खाने कुरा मात्रै हैन शहरमा गन्धकै कारण बस्न नसकेर ट्याक्सी चढेर सुत्न गएको छु ।

कसले पकाएको मिठो लाग्छ ?
शर्मिलाले पनि मिठो पकाउँछिन् । अहिले शर्मिला अल्छी हुन थालेकी छिन् । मुमाले पकाएको मिठो लाग्छ ।

कसैले झुक्याएर तपाईले नखाने कुरा खुवाएका छन् ?
खुवाएको हैन खाएको छु । कतारमा एउटा कार्यक्रममा जाँदा अचार भनेर खाएको विफ परेछ । मुखमा राख्ने बित्तिकै किलमिल भैहाल्यो ।

खानामा मासिक खर्च कती हुन्छ ?
सबै हिसाब गर्दा मासु सहित परिवारका लागि चालीस हजार जती खर्च हुन्छ ।

खाना खान कती समय लगाउनुहुन्छ ?
म सबै भन्दा छिटो खान्छु । खाने कुरामा मसँग कसैले प्रतिस्पर्धा गर्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment