Comments Add Comment

थ्रीस्टार राष्ट्रिय लिगको उपाधि नजिक

Three-Star२६ असोज, काठमाडौं । विभागीय टोली शसस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै थ्रीस्टार  राष्ट्रिय लिग फुटबलको उपाधि नजिक पुगेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा थ्रीस्टारले एपिएफलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । जितसँगै थ्रीस्टारको १५ खेलबाट ३२ अङ्क भएको छ र उपाधिको दाबेदारीलाई बलियो बनाएको छ ।

समान १५ खेल खेलेको आर्मी ३० अङ्कका साथ दोस्रो स्थानमा छ भने १४ खेल खेलको मनाङ मस्र्याङ्दी क्लब २८ अंकसहित तेस्रो स्थानमा छ । अब लिगको अन्तिम खेलमा मनाङलार्इ हराउन सके थ्रीस्टार च्याम्पियन बन्नेछ ।

थ्रीस्टारको जितमा विदेशी खेलाडी ओलावाले अफिजलेले दुई गोल गरे भने विजय गुरुङले एक गोल थपे । अफिजले खेल सुरुवाती पाँचौ मिनेटमा पहिलो गोल गर्दै खाता खोले ।

त्यस्तै खेलको पहिलो हाफको २४ औँ मिनेटमा पुन अफिजले निराजन खड्काले दिएको पासलाई सदुपयोग गर्दै थ्रीस्टारलाई दोस्रो अग्रता दिलाए ।

थ्रीस्टारले खेलको दोस्रो हाफमा एक गोल थप्यो । थ्रीस्टारका लागि खेलको ६७ औँ मिनेटमा विजय गुरूङले एक गोल थपेका थिए ।

त्यसअघि ५० औँ मिनेटमा एपिएफका खेलाडी गणेश लावतीले गोल गरेका थिए ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल प्रहरी क्लबले मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment