Comments Add Comment

दिनभरमा १ सय ४८ ट्यांकर इन्धन नेपाल भित्रिए

Bhairahawa-Naka-Final

२६ असोज, काठमाडौं । भारतबाट मंगलबार एकैदिन १ सय ४८ वटा इन्धन ट्यांकर नेपाल भित्रिएका छन् । वीरगञ्जबाहेक अन्य नाकामा भारतीय पक्षले भन्सार जाँच खुकुलो पारेपछि धेरै गाडी पनि नेपाल आएका छन् ।

बिराटनगर नाकाबाट मात्रै दिनभरमा ८८ ट्यांकर इन्धन नेपाल आएको रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए । जसमा १२ ट्यांकर पेट्रोल, ६१ ट्यांकर डिजेल र १५ ट्यांकर ग्यास बुलेट छन् ।

यसैगरी काँकडभिट्टाको मेची भन्सार नाकाबाट दिनरमा ४ वटा ग्यास बुलेट र ११ वटा तेल ट्यांकर नेपाल आएको भन्सारका प्रवक्ता दिपेन्द्रकुमार झाले बताए ।

नेपालगञ्जको जमुनाह नाकाबाट १३ ट्यांकर डिजेल नेपाल आएको छ भने कैलालीको गौरीफन्टा नाकाबाट २२ ट्यांकर तेल नेपाल प्रवेश गरेको भन्सार प्रमुख हरिप्रसाद पाण्डले बताए ।

यसैगरी भैरहवा नाकाबाट भैरहवा नाकाबट १० वटा इन्धनका ट्यांकर नेपाल आएकोमा ५ वटा ग्यासका बुलेट छन् ।

वीरगञ्जमा मधेसी मोर्चाको अवरोध जारी रहेपनि अन्य नाका केही दिनमै समान्य अवस्थामा सञ्चालनमा आउन सक्ने भन्सार अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment