Comments Add Comment

अल्ट्रा धाविका मिरालाई एनआरएनको सम्मान

२६ असोज, काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए) को खेलकुद गिभागले पाँच खेलाडीलाई नगद सहित सम्मान गरेको छ ।

नेपाली खेलकुमा पुर्‍याएको योगदानको कदर गर्दै एनआरएनएको सातौं अधिवेशन तथा विश्व सम्मेलनको अवसरमा खेलाडीलाई सम्मान गरिएको हो ।

म्याराथनका हरिबहादुर रोकाया र जीतबहादुर केसी, अल्ट्रा धाविका मिरा राई तथा कुस्तीका सत्येन्द्रप्र्रसाद यादव सम्मानित भए ।

भलिबलका तत्कालिन मुख्य प्रशिक्षक स्वर्गिय केशवलाल श्रेष्ठलाई पनि मरणोपरन्त सम्मान गरिएको छ । प्रशिक्षक केशवको वैशाख १२ को विनाशकारी भूकम्पमा परि निधन भएको थियो । सबैलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

१९९७ देखि लगातार तीनपटक एभरेस्ट म्याराथन उपाधि जितिसकेका रोकाया हाल जुम्लामा हाई अल्टिच्युटका खेलाडी उत्पादनमा सक्रिय छन् भने जीतबहादुर केसी नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाउने खेलाडी हुन् । मिराले पछिल्लो समय अन्तराष्ट्रिय अल्ट्रा दौडमा चर्चित छिन् ।

सम्मान कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष ओलम्पियन दिपक बिष्टले नेपाली खेलाडीलाई बैदैशिक प्रशिक्षणमा सघाउन एनआएनए समक्ष आग्रह गरेका थिए । एनआरएनए खेलकुद विभागका संयोजक नारायण गुरुङले आउदा बर्षमा सम्मानको राशी बृद्धि गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment