Comments Add Comment

निवर्तमान प्रधानमन्त्री कोइरालाले बालुवाटार छाडे

Sushil-Koirala

२६ असोज, काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् ।

उनी सभासद् डा.सशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा सरेका छन् । वी.पी. कोइरालाका कान्छा छोरा डा.सशांकको उक्त निवासमा पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्व.गिरिजाप्रसाद कोइराला पनि लामो समयसम्म बसेका थिए ।

निवासमा आफूलाई स्वागत गर्न आएकाहरुसँग कुरा गर्दै कोइरालाले संविधानसभा छोडेर गएका शक्तिलाई संसदमा ल्याएर देशलाई विखण्डनमा जानबाट रोक्न आफूले प्रधानमन्त्री पदमा उमेदवारी दिन परेको बताउका छन् ।

उनले संसदीय शासन पद्धतिमा विश्वास गर्ने पार्टी भएकोले संविधान अनुसार सरकारको नेतृत्वको लागि स्वस्थ प्रतिस्पर्धा गरिएको बताए ।साथै कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्दै उनले सरकारले गर्ने कामका गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध हुने प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment