Comments Add Comment

मंगलबारको टप १० समाचारः राष्ट्रपतिमा कांग्रेसको दाबीदेखि मन्त्रालय भागबन्डासम्म

आज मंगलबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसको दाबी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. शेखर कोइरालाले राष्ट्रपतिमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । तर, पार्टीले सुशील कोइरालालाई नै उमेद्वार बनाउँछ या अरुलाई भन्ने चाहिँ तय भइनसकेको उनले बताए ।

२. राष्ट्रपतिमा एमाओवादीको दाबी, गृह र स्थानीय विकाससहित ८ मन्त्रालय पाउने

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा एकीकृत नेकपा माओवादीले पाउने आठ मन्त्रालयको टुङ्गो लागेको छ । साथै उसले राष्ट्रपति र सभामुख दुबैमा दावी गरेको छ ।

३. नेताको भान्छामा ग्यास जोगाउन बिजुलीको प्रयोग

नाकाबन्दीका कारण इन्धन संकटले जनता आक्रान्त बनिरहेका छन् । ग्यास अभावले कतिपयको चुल्हो बल्न छाडेको छ । तेल नभएर निजी सवारी साधनहरु थन्किएका छन् ।

४. मधेसी मोर्चाका नेताहरु मधेसमै ‘गद्दार’ घोषित ?

नयाँ संविधानलाई अस्वीकार गर्दै दुई महिनासम्म मधेस झरेर जनतालाई आन्दोलनमा उतारेका मधेसी मोर्चाका नेता महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र विजय गच्छदारलगायतलाई मधेसमा आफ्नै कार्यकर्ताले ‘गद्दार’ को संज्ञा दिन थालेका छन् ।

५. राष्ट्रपति मागेको छैन, जिम्मा दिए नाइँ भन्दिँन

नेपालको इतिहासमै सबैभन्दा धेरैपटक र लामो अवधि सभामुख हुने अवसर सुवास नेम्वाङले पाए । नयाँ पुस्तालाई सोध्ने हो भने सभामुख भनेकै सुवास नेम्वाङ, सुवास नेम्वाङ भनेकै सभामुख जस्तो समेत परिसकेको छ ।

६. मधेसी मोर्चाले भन्यो-सुशीललाई भोट हालेकोमा पछुतो छैन

सुशील कोइराला सरकारकै पालामा सुरु भएको मधेस आन्दोलनमा ५० भन्दा बढीको मृत्यु भएकाले उनलाई भोट हाल्नु गद्दारी भएको भन्दै मधेसमै मधेसी मोर्चाको चर्को आलोचना भएको छ । तर, मधेसी मोर्चाले प्रधानमन्त्री निर्वाचनमा भाग लिएकोमा कुनै पछुतो नलागेको बताएको छ ।

७. ज्यानै जोखिममा राखेर दशैं मान्ने हतारो (फोटोकथा)

Kalanki (18)

दसैं सुरु भएलगत्तै काठमाडौंबाट बाहिरिने सवारीमा यात्रुको चाप झन् बढी देखिएको छ । इन्धन अभावका कारण बस थोरै चलेपछि दशैंको यात्रा कष्टकर बनेको छ ।

८. राष्ट्रपतिमा सुवास नेम्वाङको सम्भावना, विद्या भण्डारी दोस्रो दावेदार !

 

मुलुकको दोस्रो राष्ट्रपति एमालेको भागमा जाने सम्भावना बढेको छ । सत्ता साझेदार दोस्रो ठूलो एनेकपा माओवादीले उपराष्ट्रपति र सभामुखमात्रै लिने जानकारी एमालेलाई गराएको प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरलाई जनाएको छ ।

९. दिनभरमा १ सय ४८ ट्यांकर इन्धन नेपाल भित्रिए

भारतबाट मंगलबार एकैदिन १ सय ४८ वटा इन्धन ट्यांकर नेपाल भित्रिएका छन् । वीरगञ्जबाहेक अन्य नाकामा भारतीय पक्षले भन्सार जाँच खुकुलो पारेपछि धेरै गाडी पनि नेपाल आएका छन् ।

१०. दशैंमा बढी खर्च गर्ने कि जोगाएर आईपीओ भर्ने ?

तपाई यो दशैंकमा फजुल खर्च गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने एउटा सुझाब छ-दशैं खर्च जोखाएर र सेयरमा लगानी गर्नुहोस् । सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनीले  कात्तिक १२ गतेदेखि १ अर्ब ९० करोड रुपैयाँ बराबरका साधारण सेयर निष्काशन गर्ने भएको छ ।

र, यो पनि

जन्मिँदै दुबै खुट्टा नभएकी युवती जिम्न्यास्टिकमा च्याम्पियन

हाल अमेरिकाको लस एन्जल्समा बस्दै तथा काम गर्दै आएकी रोमानियाली मूलकी जेनिफरका जन्मिँदै दुबै खुट्टा थिएनन् । तर उनले आफ्नो क्षमतालाई प्रदर्शन गरी जिम्यानिस्टक च्याम्पियन बनिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment