Comments Add Comment

खुलेको २४ घण्टामै बन्द भयो केरुङ नाका

China-Truck

२९ असोज, काठमाडौं । नेपाल र चीनलाई जोड्ने केरुङ नाका खुलेको २४ घण्टामै फेरि बन्द भएको छ । वैशाख १२ को विनाशकारी भूकम्पछि बन्द भएको नाका बिहीबार मात्र पुनः सुचारु भएको थियो ।

तर, शुक्रबारबाटकेरुङ नाका फेरि बन्द भएको छ । रसुवाढी-केरुङ सडकमार्गमा पहिरो खसेका कारण नाका अवरुद्ध भएको छ ।

केरुङतर्फको ढोङ्सा भन्ने स्थानमा पहिरो खसेर सडक बन्द भएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनले भने-‘ट्राक खोलेर सुचारु गरिएको थियो । हेभी गाडी आउँदा ढुंगाहरु खसेकाले समस्या भएको खबर आएको छ ।’

पहिरो पन्छाएर सडक पुनः सुचारु गर्न केही दिन लाग्ने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

रसुवा सदरमुकाम धुन्चेदेखि ३१ किलोमिटरको दुरीमा रहेको रसुवागढी केरुङ नाका मा विहीबार बिहान मात्रै नेपाल र चीनका अधिकारीले औपचारिक रुपमा पुनः सञ्चालनमा ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment