Comments Add Comment

एक लाख ५० हजार बैदेशिक रोजगारीमा जाने कामदारलाई सीप

१ कार्तिक, काठमाडौँ । वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले गन्तव्य मुलुकमा काम गर्ने नेपाली कामदारको सुरक्षा र संरक्षणमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को सातौँ विश्व सम्मेलनका क्रममा शनिबार आयोजित आप्रवासी कामदार र नेपाली अर्थतन्त्र विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताएका हुन् ।

उनले एनआरएन र नेपाल सरकारको पहलमा ५/५ करोड जम्मा गरी ती कामदारको सुरक्षा र संरक्षणमा कोष स्थापना गरेको स्मरण गर्दै त्यसलाई कार्यान्वयनमा लैजान कानुनी अड्न आएकाले समस्या भएको बताए ।

‘१० करोड कोषमा छ,’ उनले भने- ‘कानुनी अड्नका कारण त्यसलाई कार्यान्वयनमा लैजान समस्या भएको छ अब अर्को माध्ययमबाट हामी सकेसम्म त्यसलाई कार्यान्वयनमा लैजान पहल गर्ने छौँ ।’

कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक काफ्लेले श्रम स्वीकृतीलाई सहज बनाउन वोर्डले आफ्नो ठाउँबाट पहल गर्ने जानकारी दिए । उनले वोर्डको कल्याणकारी कोषमा सवा तीन खर्व रहेको भन्दै त्यसलाई विधि र प्रक्रिया भित्र रहेर आवश्यक ठाउँमा सदुपयोग गर्ने दाबी गरे ।

‘हामीले मृतक र गम्भीर घाइते भएका कामदारका परिवारले पाउँने रकमलाई दोब्वर बनाएका छौँ, यो हाम्रो सफलता हो, उनले भने- ‘ मृतक र गम्भीर घाइते भएका कामदारका परिवारले सबै गरी अहिले सात लाख पाउँदै आएका छन् । हामी त्यसलाई १० लाख पुर्‍याउने तयारीमा छौँ ।’

उनले कल्याणकारी कोषको पैसाबाट मृतक र गम्भीर घाइते भएका कामदारका परिवारका छोराछोरीलाई अध्ययनका लागि छात्रवृद्धिको व्यवस्था गरेको पनि बताए ।

कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक काफ्लेले बैदेशिक रोजगारीमा जाने कामदारलाई सीप सिकाउने र दक्ष बनाउने अभियानमा बोर्ड लागेको पनि बताए । ‘हामी यही वर्ष भित्रमा कम्तीमा १० हजारलाई सीप सिकाउने र दक्ष कामदार बाहिर पठाउने तयारीमा छौँ,’ उनले भने- ‘अर्को वर्षसम्ममा त्यो संख्या ५० हजार पुर्‍याउने योजना छ ।’

उनले केही वर्षमा त्यो संख्या एक लाख पचास हजार पुग्ने पनि दाबी गरे । त्यति धेरै संख्यामा कामदारलाई सीप सिकाउन वोर्डको मात्र प्रयासमा नुहुने भन्दै सबैतिर सहयोग माग्ने र सहकार्यमा अघि बढ्ने उनले बताए ।

रोजगारदाता मुलुकमा कामदार पठाउँदा द्विपक्षीय सम्झौता आवश्यक रहेको भन्दै बोर्ड त्यसमा सचेत रहेको बताउँदै उनले साउदी, मलेसीयालगायतका देशमा श्रम सम्झौता प्रक्रिया अघि बढाएको पनि दाबी गरे ।

काफ्लेले बैदेशिक रोजगारीमा जाने कामदरलाई शून्य लागतमा पाठाउने तयारीका सन्दर्भमा सरकारको कमजोरी रहेको बताए । ‘शून्य लागतमा कामदारलाई बैदेशिक रोजगारीमा पाठाउने कुरामा सरकारको केही कमजोरी भएको छ’ उनले भने- ‘अनुगमनमा पनि कमजोरी भयो तर अहिले जसरी पनि कार्यान्वयन गर्न निर्देशन दिएका छ । यसलाई कसरी सफल ढंगले कार्यान्वयन गर्ने भन्ने सन्र्दभमा सबै लाग्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment