Comments Add Comment

वैदेशिक रोजगारीमा जाने घटे

TIA Airport (4)

३ कात्तिक, काठमाडौं । अघिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु घटेका छन् । वैदेशिक रोजगार विभागको विभागको पछिल्लो आँकडाले त्यस्तो देखाएको हो ।

आर्थिक वर्ष २०७१/७२ मा श्रम तथा रोजगार प्रवर्द्धन विभागले वैदेशिक रोजगारीको लागि ५ लाख १३ हजार व्यक्तिलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । जुन संख्या गत वर्षको भन्दा २.८ प्रतिशतले कम रहेको छ ।

बैशाख १२ गतेको विनाशकारी भूकम्पको कारण रोजगारीमा जान तयार भएका व्यक्तिहरु समेत वाहृय रोजगारीमा जान सकेनन् । त्यस्तै, सरकारले निःशुल्क भिसा तथा टिकटको व्यवस्था गरेपछि व्यवसायीहरु हड्तालमा उत्रिँदा वैदेशिक रोजगारीमा जाने कार्य प्रभावित भएपछि संख्या घटेको हो ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको प्रमुख गन्तव्य मुलुकहरुमा मलेसिया, कतार, साउदी अरब, यूएई, कुवेत तथा दक्षिण कोरिया रहेका छन् ।

गतवर्ष कुल श्रमिकहरुमध्ये ३९.५ प्रतिशतले मलेशिया, २४.२ प्रतिशतले कतार, १९.२ प्रतिशतले साउदी अरब, १०.५ प्रतिशतले यूएई, १.९ प्रतिशतले कुवेत र १.० प्रतिशतले दक्षिण कोरियाको लागि श्रम विभागबाट अन्तिम श्रम स्वीकृति लिएका छन् ।

साउदी अरब वाहेक अन्य सम्पूर्ण मुलुकहरुमा रोजगारीको लागि श्रम स्वीकृति लिने संख्यामा अघिल्लो वर्षको तुलनामा ह्रास आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment