Comments Add Comment

दाङ अटो व्यवसायी व्यवस्थित हुँदै

९ कात्तिक, दाङ । विभिन्न स्थानमा छरिएर रहेका यहाँका अटो व्यवसायीहरुले अब व्यवस्थितरुपमा आफ्नो व्यवसाय सञ्चालन गर्ने भएका छन् ।

दाङको तुलसीपुर–५ को नयाँ बसपार्क क्षेत्रमा रहेका अटो मेकानिक्स र अटो व्यवसायीहरु आधुनिक अटो भिलेजमा व्यवस्थित हुन लागेका हुन् ।

अटो व्यवसायीको मागबमोजिम तुलसीपुर नगरपालिका कार्यालयले जगेडा कोषको ५० लाख रूपैयाँ र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको ११ लाख २५ हजार रूपैयाँ लगानीबाट तुलसीपुरमा अटोभिलेज निर्माण गरेपछि अटो व्यवसायीलाई सहज भएको हो ।

अटो भिलेजको काम सकिएको र विभिन्न स्थानमा छरिएर रहेका अटो व्यवसायी अब व्यवस्थित रुपमा एकै स्थानमा सर्ने नेपाल अटो मेकानिक्स व्यवसायी महासङ्घका अध्यक्ष यमप्रसाद भुसालले जकानकारी दिए ।

व्यवस्थित अटो भिलेज अभियानले तुलसीपुरको नयाँ बसपार्कका साथै सहरबजारको सौन्दर्य थप्न सहयोग पुग्ने बताइएको छ । त्यसैगरी, दाङको घोराहीमा पनि स्वर्गद्वारी अटो भिलेज निर्माण भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment