Comments Add Comment

घर ज्वाइँ बसेका पतिले सौता हालेपछि न्याय माग्दै देउताको शरणमा

Mugu

मुगु । ६ वर्षअघि घर ज्वाइँ बनाइएका जयराज शाही सौता हालेर भागेपछि मुग रारा गाविस-१ गिलाहा गाउँकी २४ वर्षीया करुणा बम न्याय माग्दै देउताको शरणमा पुगेकी छन् ।

करूणाका बाबु आमाले नार्थबु गाविस-३ जवलधारा निवासी २७ वर्षीय शाहीलाई छ वर्षअघि घर ज्वाइँका रुपमा भित्राएका थिए । तीन बच्चाका बाबु जयराजले कालै गाविस-६ जोगीबाडाकी नानी भाउ बिटालुलाई जेठमा भगाएका छन् ।

पतीले सौता हालेपछि करूणा न्याय माग्दै नाबालक बच्चासहित तीन छोराछोरी । बाबुआमासहित घाँटीमा दाम्लो बाँधेर कुल देउताको शरणमा पुगेकी हुन् ।आफूमाथि सौता हालेको भन्दै सम्बन्धबिच्छेद र मानाचामल भराइदिन भन्दै पीडितले ०७२ साउन २९ गते जिल्ला अदालतमा मुद्धा दर्ता गरेकी थिइन् ।

Mugu-1

अदालती प्रक्रिया ढिलो भएर न्याय पाउन नसकेको भन्दै करूणा रारा गाविस-१ स्थित आफनो कुल देउता विजयीको मन्दिरमा पुगेकी हुन्। कोजाग्रत पुर्णिमाका दिन मुखमा खरानी घसेर छ वर्षकी छोरी तथा २ वर्षका छोराका र वृद्ध बाबुआमासहित आफनो घाँटीमा बाबियको दाम्लो बाँधी उनी कुल देउताको शरणमा पुगेकी हुन् ।

आफू अन्यायमा परेपछि यहाँका बासिन्दा कानुनी निकाय भन्दा कुल देउताको शरणमा पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment