Comments Add Comment

वैदेशिक रोजगारीमा जाने १८ प्रतिशतले घटे, २ महिनामा ७७ हजार

१७ असोज, काठमाडौं । भूकम्पपछि स्वात्तै घटेको वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा विस्तारै वृद्धि हुन थालेको छ । नयाँ आर्थिक वर्षसँगै वैदेशिक रोजगारीमा जानेहरुको संख्या वृद्धि भएको हो ।

rojgarगत चैतमा ५२ हजार नेपाली वैदेशिक रोजगारीमा गएकोमा वैशाखमा उक्त संख्या घटेर ३१ हजारमा झरेको थियो । जेठ महिनामा ३८ हजार बाहिरिएकोमा असार महिनामा झनै घटेर २६ हजारमा पुगेको थियो ।

तर, नयाँ आर्थिक वर्षसँगै वैदेशिक रोजगारीमा जानेहरु बढ्न थालेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । चालु आवको साउन महिनामा ३७ हजार ७ सय ५६ नेपाली बाहिरिएकोमा भदौमा ३९ हजार ३१४ जना बाहिरिएका छन् ।

दुई महिनाको अवधिमा ७७ हजार ७० जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने १७.९ प्रतिशतले कम हो । अघिल्लो वर्षको साउन र भदौमा ९३ हजार ८ सय ६० जना बाहिरिएका थिए ।

दुई महिनाको अवधिमा रेमिट्यान्स आप्रहवाह २७.५ प्रतिशतको उच्च दरले वृद्धि भई १ खर्ब ७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा विप्रेषण १८.७ प्रतिशतले वृद्धि भई १ अर्ब ३ करोड डलर पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment