Comments Add Comment

मेस्सी बने टाटा मोटर्सको ग्लोबल ब्राण्ड एम्बेसडर

messi-tataकाठमाडौं । प्यासेन्जर भेहिकल सेगमेन्टमा आक्रामक बन्दै गइरहेको भारतीय मोटर उत्पादक टाटा मोटरले बिश्वबिश्यात फुटबल खेलाडी लियोनल मेस्सीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

चारपटकसम्म बिश्वकै उत्कृष्ट फुटबल खेलाडीको अवार्ड जित्न सफल अर्जेन्टिनी फुटबल कप्तान मेस्सीले अब टाटा मोटरको प्यासेन्जर भेहिकल-कार सेगमेन्ट)को बिश्वब्यापी प्रर्बद्धन गर्नेछन् ।

‘हामीलाई युवापंक्तिलाई टाटा मोटरका उत्पादनप्रति आर्कषिर्त गर्न चाहान्छौं’ टाटा मोटरका अध्यक्ष मायन्क परिकले भने- फुटबल र मेस्सी युवापुस्तासंग बलियोसँग जोडिएको हामीले पायौं ।’

टाटा मोटरको कार सेगमेन्ट यसरी पहिलोपटक ठूला स्टारलाई एम्बेसडर बनाएर आक्राम मार्केटिङमा उत्रिन लागेको हो । मेस्सीका साथमा टाटाले पहिलोपटक ‘मेडअफ ग्रेट’ क्याम्पेन सुरु गर्दैछ ।

messi

बिश्व बजारमा आफ्नो हिस्सा बढाउने योजनामा रहेको टाटाले मेस्सीको सहयोगमा आफ्नो ब्राण्डलाई बिश्वब्यापी युवा उपभोक्तासम्म पुर्‍याउने लक्ष्य लिएको छ ।

दुई बर्षका लागि भएको सम्झौता पुनः नविकरण हुन सक्नेछ । मेस्सीले पहिलोपटक कुनै भारतीय ब्राण्डलाई इन्डोर्स गर्न लागेका हुन् । पहिलोपटक भारतीय ब्राण्ड टाटासँग जोडिन पाएकोमा खुसी लागेको उनले बताए ।

टाटा मोटर भारतको सवैभन्दा ठूलो अटो कम्पनी हो जसले नेपालमा पनि आफ्ना उत्पादनहरु बिक्रि गर्दै आएको छ । टाटा मोटर कमर्सियल सेगमेन्टमा नेपालमा नम्बर एक स्थानमा रहेको छ भने हालै सार्वजनिक भएका नयाँनयाँ उत्पादनमार्फत् कार सेगमेन्टमा पनि नम्बर एक बन्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment