Comments Add Comment

भारतको दादागिरीमा नेपाल झुक्दैन : माधव नेपाल

दशरथ घिमिरे
२० कात्तिक, दाङ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधानको बिषयलाई लिएर भारतले नेपाल माथी अन्तराष्ट्रिय कानुन मिचेर अत्याचार गरेको बताएका छन् ।

Madhab-Nepal-at-Dangदाङको घोराहीमा शुक्रबार एमालेले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा नेता नेपालले अब भारतसँगको आयात निर्भरता तोडिएको भन्दै उसको दादागिरीमा नेपाल र नेपाली नझुक्ने स्पष्ट पारे ।

उनले मधेसमा आन्दोलन गरीरहेकाहरुप्रति लक्षित गर्दै तातो दिमागले नभई ठण्डा दिमागले संविधान पढ्न सुझाव दिए । ‘ठण्डा दिमागले एक पटक संविधान पढ्नुस्, कहाँनेर अधिकार खोसियो ?,’ आन्दोलनरत पक्षलाई प्रश्न गर्दैै नेता नेपालले भने, ‘पाना-पानामा के लेखेको छ, केलाउनुस् ।’

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले सधैभरी मागेर खाने र अर्काको भरपर्ने प्रवृतिको अब अन्त्य गर्नुपर्ने बताए । भारतले गरेको नाकाबन्दीबाट पाठ सिकेर दीर्घकालीनरुपमा आत्मनिर्भर बन्ने कुरामा ध्यान दिदै विकल्प खोज्नु पर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment