Comments Add Comment

राष्ट्रसंघले भन्यो-नेपालको पारवहन अधिकार हनन् भयो

ban ki moon

२५ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालमाथि लगाइएको नाकाबन्दीले मानवीय संकट उत्पन्न भएको भन्दै तत्काल नाकाबन्दी हटाउन आग्रह गरेका छन् ।

साथै वानले पहिलोपटक भूपेरिवेष्ठित मुलुकका रुपमा नेपाल पाउनुपर्ने स्वतन्त्र पारवहन अधिकार हनन् भएको प्रतिसमेत चिन्ता जनाएका छन् ।

महासचिव वानका प्रवक्ताले बुधबार न्यूयोर्कमा आयोजित पत्रकार सम्मेलनमा नेपाल-भारत सीमा क्षेत्रमा भइरहेको आपूर्ति ब्यबस्थाको अबरोधले चिन्तित बनेको बताए । ‘महासचिव वानले भूपेरिवेष्ठित मुलुकका रुपमा नेपालले स्वतन्त्र पारवहन अधिकारको उपभोग गर्न पाउनुपर्ने कुरामा जोड दिनुभएको छ’ वानका प्रवक्ताले भने-मानवीय आधारमा पनि उहाँले सवै पक्षलाई नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गर्नुभएको छ ।’

आपूर्ति ब्यबस्थामा बाधा नेपालमा काम गरिरहेका मानवीय सहायता संस्थाहरुको काम प्रभावित भएकोप्रति वानले चिन्ता जनाएका छन् । जाडो मौसम सुरु हुनै लाग्दा भूकम्पपिडीतका लागि हिमाली र पहाडी क्षेत्रमा खाद्यान्न र न्यानो कपडा पुर्‍याउने कार्यमा वाधा उत्पन्न भएको भन्दै वानले चिन्ता जनाएका छन् ।

यसअघि राष्ट्रसंघले मानवीय सहायत कार्यक्रम प्रभावित भएको भन्दै चिन्ता जनाए पनि पारवहन अधिकारबारे बोलेको थिएनन् ।

महासचिव वानको यो भनाईबाट भारतले नेपालको पारवहन अधिकार हनन् गरेको बिषय अन्तराष्ट्रिय समुदायमाझ पुगेको छ । प्रवक्ताले भारतको नाम नलिइ नाकाबन्दी तत्काल हटाउन महासचिवले आग्रह गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment