Comments Add Comment

साफका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा, सन्तोष साहुखल परेनन्

Nepal-Team

२५ कात्तिक, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलका लागि २७ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । नेपालका मुख्य प्रशिक्षक प्याटि्रक ओसन्सले बुधबार बन्द प्रशिक्षणमा रहेका ३९ जनाबाट प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

प्रारम्भीक टोलीमा म्याच फिक्सिङको आरोपमा पक्राउ गरेर धरौटीमा छुटेकाका सागर थापासहितका खेलाडीहरुलाई भने समावेश गरिएको छैन । मुद्धाको टुङ्गो नलागेसम्म उनीहरुको निलम्बन कायमै रहने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

राष्ट्रिय टोलीमा लामो समयदेखि फवार्ड रहेका जुमानु राई र सन्तोष साहुखल टोलीमा परेनन् । म्याच फिक्सिङमा केही खेलाडीहरु पक्राउ परेपछि सन्तोष सम्पर्कविहीन भएका उनी जापान गइसकेका छन् ।

जुमानुलाई भने प्रशिक्षकले बन्द प्रशिक्षणमा नै परेका थिएनन् ।

प्रारम्भिक टोलीमा अनिल गुरुङ, कर्ण लिम्बु, भरत खवास, विमल घर्तीमगर र नवयुग श्रेष्ठ छन् । अन्जज विष्ट, नविन लामा, टंक बस्नेत, योगेश गुरुङ, विशाल राई, विक्रम लामा, शिव श्रेष्ठ, राजेन्द्र रावल, हेमन गुरुङ, रोहित चन्द, जगजित श्रेष्ठ, अजित भण्डारी, विराज महर्जन छन् ।

आदित्य चौधरी, अनन्त तामाङ, जितेन्द्र कार्की, देवेन्द्र तामाङ, रविन श्रेष्ठ, रन्जित धिमाल, किरण चेम्जोङ, विकेश कुथु र अमृच चौधरी पनि टोलीमा छन् ।

खेलाडीहरु अहिले तिहार विदामा गएका छन् । उनीहरु नोभेम्बर १५ बाट पुन प्रशिक्षणमा आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment