Comments Add Comment

चीनबाट तेल ल्याउन रोक्नेहरूलाई कारबाही गर: माधव नेपाल

२५ कात्तिक, भक्तपुर । नेकपा एमालेका नेता माधवकुमार नेपालले छिमेकी देश चीनबाट इन्धन आपूर्तिमा असहयोग गर्नेहरुलाई तत्काल कारबाही गर्नुपर्ने बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

एमाले, रौतहट–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको देउसीभैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले भने-“भारतले गरेको नाकाबन्दीले चरम अभाव खेप्नुपरेको नेपाललाई चीनले इन्धन दिन तयार रहेपछि सकेसम्म चीनबाट इन्धन ल्याउन नदिन खोज्ने र असहयोग गर्नेहरुलाई सरकारले तत्काल बर्खास्त गरेर कारबाही गर्नुपर्छ ।”

नेपाललाई अप्ठ्यारो पर्दा सहयोग गरेर चीनले असल छिमेकीको पहिचान दिएको तर, भारतले असल छिमेकीको भूमिका निर्वाह गर्न नसकेको बताए ।

नेपालीलाई देशभक्ति, स्वतन्त्रता, स्वाभिमान र भौगोलिक अखण्डता प्यारो भएको भन्दै उनले नेपाल र नेपालीले कोही कसैसँग सम्झौता नगर्ने र नझुक्ने दृढता व्यक्त गरे ।

कार्यक्रममा एमाले नेता महेश बस्नेतले एमाले नेतृत्वको सरकार राष्ट्रियताको सवालमा कुनै विदेशी शक्तिसँग झुक्न नहुने सुझाव दिएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment