Comments Add Comment

अनेसास सर्बोत्कृष्ट पुस्तक बिजेता हुँदा आत्मा सम्मान बढेको छ : साहित्यकार पुडासैनी

Damodar

वाशिंगटन डिसी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले हरेक दुई बर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ का बिजेताहरु पुरस्कार लिन बिश्वका विभिन्न राष्ट्रहरुबाट अमेरिका आउने क्रम जारी छ ।

अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१५ का प्रथम बिजेता चर्चित साहित्यकार दामोदर पुडासैनी “किशोर’ अमेरिकाको टेक्सासमा पुगेका छन् ।

पुडासैनीले विश्वका कैयौ पुस्तकहरु मध्ये आफुले अनेसास सर्बोत्कृष्ट पुस्तक जित्न सफल भएकोमा हर्ष लागेको बताए ।

पुडासैनीले यो पुरस्कार बाट आफ्नो आत्म सम्मान बढेको र अझ सामाजिक गरिमा वृद्धि भएको लेखनमा अगाडी बढ्न मद्दत पुगेको बताए ।

पुडासैनीले लेखेको नमेटिएका चित्रहरु (यात्रा संस्मरण )पुस्तकले प्रथम स्थान प्राप्त गरेको छ भने वहाको यो कृतिलाई अंग्रेजीमा पनि अनुबाद गर्ने पहल गरी रहेको अनेसासका संस्थापक तथा उपन्यासकार होमनाथ सुबेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment