Comments Add Comment

गजल : राम चाहियो

गजल : राम चाहियो

यहाँ नेपालको आफ्नै नाम चाहिएको छ

हरेक नागरिकलाई काम चाहिएको छ ।।

SuryaPrakash-Bhusal,-Gainda

खै के बार्ता हुन्छ दिनहुँ बन्द कोठा भित्र

कोहीलाई राज्य कोहीलाई गाम चाहिएको छ ।।

यति धेरै भ्रस्टाचार बढ्दै गयो कि यहाँ

जन्मदर्ता गर्दासमेत खाम चाहिएको छ ।।

छोड यार सिंगापुर र स्विस बनाउने कुराहरु

साँझ बिहान खान पुग्ने माम चाहिएको छ ।।

गाली गर्नु पहिले देशलाई माया गर्न सिकौ

हजार नेता हैन एउटा राम चाहिएको छ ||

-सुर्यप्रकास भुसाल 

गैडाकोट नगरपालिका-६, नवलपरासी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment