Comments Add Comment

मातृ मृत्युदर आधाले घट्यो

Pregnancy
पछिल्लो २५ वर्षमा विश्वमा गर्भवती तथा सुत्केरी महिलाहरुको मृत्युको दर झण्डै आधाले घटेको एक प्रतिवेदनले देखाएको छ ।

दी ल्यान्सेट जर्नलमा छापिएको विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार सन् २०१५ मा विश्वमा गर्भवती तथा ६ हप्ता सम्मका सुत्केरीहरुमध्ये ३ लाख ३ हजार महिलाको ज्यान गएको छ । जबकी सन् १९९० मा यो संख्या ५ लाख ३२ हजार थियो ।

डब्लुएचओका अधिकारीहरुका अनुसार यो नतिजाले वृहत प्रगति हासिल भएको देखाएको छ ।

यद्यपि राष्ट्रसंघले तय गरेको मातृ मृत्युदर घटाउने सम्बन्धी सहश्राब्दी विकाश लक्ष्य भने केवल ९ वटा देशले मात्र प्राप्त गरेका छन् भने ३९ देशले यस दिशामा उल्लेखनीय प्रगति हासिल गरेका छन् ।

संगठनको प्रजनन स्वास्थ्य तथा अनुसन्धान विभागका संयोजक डाक्टर लेल से का अनुसार यो वर्षको अन्त्य सम्ममा विश्वमा सन् १९९० को तुलनामा मातृ मृत्युदरमा ४४ प्रतिशतले कमी आउनेछ ।

तर मृत्युदरमा गिरावट असन्तुलित देखिएको छ । ९९ प्रतिशत मातृ मृत्यु विकाशशील देशहरुमा हुने गरेको छ ।

मातृ मृत्युदर न्युनिकरणमा पूर्वी एसियाा सबैभन्दा ठूलो सुधार देखिएकोछ । सन् १९९० मा प्रति लाख जिवित जन्ममा ९५ जना रहेकोमा अहिले २७ मा झरेको छ ।

सन् २०३० सम्ममा मातृ मृत्युदर प्रतिलाखमा ७० जनामा घटाउने लक्ष्य राष्ट्रसंघले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment