Comments Add Comment

आन्दोलन र नाकाबन्दीले बैंकहरुको नाफा खुम्चियो

पुष्प दुलाल

३ मंसिर, काठमाडौं । भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीले बैंकहरुको नाफामा असर गरेको छ । व्यवसाय वृद्धिको तुलनामा बैंकहरुको नाफा बढ्न नसकेको तथ्यले त्यसको पुष्टि गर्छ । आर्थिक वर्ष ०७१ असोज मसान्तको भन्दा ०७२ असार मसान्तमा २० वाणिज्य बैंकहरुको नाफा १.९३ प्रतिशतले मात्रै बढेको छ ।

bank (1)एक वर्षको अवधिमा बैंकहरुको नाफा ७३ करोड ३३ लाख ७५ हजार रुपैयाँले मात्रै बढेको बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । ०७२ असोज मसान्तको वित्तीय विवरण सार्वजानिक गर्ने २० वाणिज्य बैंकहरुले ४ अर्ब ७७ करोड ५८ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छन् । जबकी ०७१ असोज मसान्तमा यी बैंकहरुले ४ अर्ब ४ करोड २४ लाख ७५ हजार रुपैयाँ कमाएका थिए ।

०७२ असोज मसान्तसम्ममा २० वटा बैंकहरुले १० खर्ब ३१ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी ७ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । ०७१ असोज मसान्तमा यी बैंकहरुले ८ खर्ब ६० अर्ब ६२ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ६ खर्ब ६८ अर्ब २८ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

बैंकहरुको नाफाको स्थिति (रु. हजारमा)

बैंक २०७२ असोज २०७१ असोज
नविल बैंक ६५३५०७ ५०४८५९
नेपाल बैंक ४४४३६६ २६९१९९
इनभेष्टमेन्ट बैंक ४२३८३४ ४९१३१८
एभरेष्ट बैंक ३६३७०२ ३९११३७
स्टान्डर्ड चार्टड ३४५२४५ ३४९७७२
ग्लोबल आइएमइ ३१३५६५ २२२७८५
कृषि विकास बैंक २८८६८१ २१५०५४
सानिमा बैंक १७६८४४ १३०९२५
सिद्धार्थ बैंक १७२०३६ १४४१५२
बैंक अफ काठमाण्डू १६८७४८ १६५८६७
सिटिजन बैंक १४२७८० ११०३४५
नेपाल बंगलादेश बैंक १२४८९२ ४६६३६
मेगा बैंक ८४३४८ १५१७८८
लुम्बीनी बैंक १३४४२२ १२१४३३
कुमारी बैंक ४८६८० ३४१६५५
नेपाल एसबिआइ बैंक ३०२०७१ २५६२१०
सनराइज बैंक ११७८०२ ९५०२६
प्राइम बैंक १६१६३७ २२०५००
एनसीसी १५५१४२ १२३९५०
एसबिआइ बैंक ३०२०७१ २५६२१०
माछापुच्छ्रे बैंक १७३१२४ १९०३५५
कूल ४७७५८६० ४०४२४७५

देशभर ३० वटा वाणिज्य बैंक सञ्चालनमा रहेपनि बुधबारसम्ममा २० वटाले मात्रै पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गरेका छन् । त्रैमास सकिएको ३५ दिनभित्र वित्तीय विवरण सार्वजानिक गर्नुपर्ने नियामक राष्ट्र बैंकको नियम छ । जसअनुसार मंसिर ५ गतेसम्ममा सबै बैंकहरुको वित्तीय विवरण सार्वजानिक हुनुपर्नेछ ।

यो असोज मसान्तसम्ममा २० बैंकहरुको कूल सम्पत्ति १२ खर्ब ९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत वर्षको असोजमा यी बैंकहरुको कूल सम्पत्ति १० खर्ब २० अर्ब ९६ करोड रुपैयाँ थियो ।

निक्षेपको तुलनामा कर्जाको वृद्धिदर कम भएकाले र बैंकिङ प्रणालीमा थुप्रिएको अत्यधिक लगानी योग्य रकम (अधिक तरलता) का कारण व्याजदर घटेपछि बैंकहरुको खुद व्याज आम्दानी खासै बढ्न नसक्दा बैंकहरुको नाफा पनि बढ्न नसकेको हो ।

०७१ असोजमा ८ अर्ब ५१ करोड ५१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेका २० बैंकले ०७२ असोज मसान्तमा ८ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेका छन् ।

बैंकहरुको नाफा सन्तोषजनकरुमा नबढे पनि कुनैपनि बैंकको नाफा घटेको भने छैन । बैशाखको भूकम्पदेखि देश लगातार संकटबाट गुज्रिरहेकाले आर्थिक गतिविधि कम हुँदा पनि बैंकहरुको नाफा नघट्नु भने सकरात्मक पक्ष हो ।

तर, मधेस आन्दोलन र भारतीय नाकाबन्दीको असर पुस मसान्तको वित्तीय विवरणमा देखिने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अनलाइनखबरलाई जानकारी दिए ।

‘यो त्रैमासमा मधेस आन्दोलन र भारतीय नाकाबन्दीको खासै ठूलो असर देखिएको छैन तर पुस मसान्त्को प्रतिवेदनमा भने उल्लेख्य असर देखिने छ ।’ दाहालले भने । अहिलेसम्म व्याज र कर्जा असूलीमा समस्या नदेखिएकाले पनि नाफामा ठूलो असर नपरेको उनले बताए ।

बैंकहरूको खराब कर्जाको स्थिति (प्रतिशतमा)

बैंक २०७२ असोज २०७१ असोज
सानिमा बैंक ०.५ ०.५
एसबिआइ बैंक ०.१८ ०.२३
स्टान्डर्ड चार्टड ०.३८ ०.२५
माछापुच्छ्रे बैंक ०.४७ २.०४
एभरेष्ट बैंक ०.६७ ०.६३
लुम्बीनी बैंक १.०० १.०४
इनभेष्टमेन्ट बैंक १.०७ २.१०
नेपाल बंगलादेश बैंक १.२६ १.९४
नविल बैंक १.५४ २.१०
मेगा बैंक १.६० २.१५
सिद्धार्थ बैंक १.७२ २.७४
ग्लोबल आइएमइ १.९८ २.८८
सिटिजन बैंक २.३५ २.३५
बैंक अफ काठमाण्डू ३.५७ १.१६
कुमारी बैंक २.९१ ४.३८
नेपाल बैंक ३.८२ ४.७८
कृषि विकास बैंक ५.१५ ५.६२
सनराइज बैंक २.६९ २.६९
प्राइम १.७२ २.६२
एनसीसी १.८१ २.७०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment