Comments Add Comment

कम्प्युटर बिग्रियो ? मुसुक्क हाँस्नुस्, बनिहाल्छ

smiling-young-woman-with-laptop-outdoors-(1)यो दुनियामा असम्भव भन्ने कुरा के नै छ र ? अब यस्तो दिन आउँदैछ जहाँ तपाइँको एक मुस्कानले बिगि्रएको कम्प्युटर आफै मर्मत हुनेछ ।

हो, वैज्ञानिकहरुले यस्तो कम्प्युटर बनाउँदैछन् जो बिग्रिएपछि प्रयोगकर्ता मुस्कुराएकै भरमा आफै बन्नेछ र ठीकठाक भर चल्न थाल्नेछ ।

वैज्ञानिकले एउटा यस्तो प्रविधिको विकाश गरिरहेका छन् जुन नन भर्वल कमाण्ड अर्थात् बोली विनाका निर्देशन, जस्तै जिउको जेस्चर, बडी ल्यांग्वेज तथा अनुहारको हाउभाउलाई पहिचान गर्छ । यो प्रविधिलाई कम्प्युटरमा हालिनेछ । र, यो प्रविधिको प्रयोग कम्प्युटरको मर्मतमा पनि गर्न सकिनेछ ।

वैज्ञानिकहरुले यो प्रविधिको नाम ‘इलिमेन्टरी कम्पोजेबल आइडियाज’ राखेका छन् । यसका साथै यो प्रविधिलाई पहिचान गर्ने प्रविधिको नाम ‘सिन्टेक्टिकल इलिमेन्ट’ राखिएको छ । यसका लागि माइक्रोसफ्ट किनेक् इन्टरफेस समेत तयार गरिसकिएको छ ।

शोधकर्ता टोलीका प्रमुख अमेरिकाको कोलोराडो विश्वविद्यालयका प्राध्यापक ब्रुस ड्रेपरका अनुसार अहिलेसम्म मानिस र कम्प्युटरबीचको अन्तरक्रिया निकै सिमित छ ।

यो प्रविधिको मद्दतले कम्प्युटर र मानिसबीचको सम्बन्धलाई बढि भन्दा बढि गाढा बनाउने वैज्ञानिकहरुको विश्वास छ । कम्युनिकेसन थ्रु जेस्चर्स, एक्सप्रेसन एण्ड शेयर्ड पर्सेप्सन नामक परियोजनाले मानिस र कम्प्युटरबीचको दैनिक अन्तरक्रियामा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

यो प्रविधिमा आधारित कम्प्युटरले मानिसको हाउभाउ पहिचान गर्नेछ र सोही अनुसार काम गर्नेछ । कम्प्युटर खराब भयो भने समेत मानिस मुस्कुराउँदा वा आँखा झिम्काउने लगायतका अन्य शारीरिक हाउभाउ देखाउँदैमा आफै मर्मत समेत हुन सक्नेछ । -पीटीआईको रिपोर्टमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment