Comments Add Comment

लघुकथा-माफ गर्नु ल !

वैकुण्ठ ढकाल

‘माफ गर्नु ल !, मैले जुन अपेक्षा तपाँईबाट गरेको थिएँ, त्यो पाईन अपेक्षा पूरा नहुने म जुन दिनदेखि ठान्छु, त्यही दिनदेखि सम्बन्धमा पूर्णबिराम लाउँछु । पूर्णबिरामको तालिका लामो नहोस भन्ने ठान्छु तर …….।’

Baikunthaमोबाइलमा बजेको एसएमएसको संकेत सूचक धूनले निन्द्राबाट ब्यूँझिएँ । एसएमएस उनैको रहेछ । जोसंग म हिजो भृकुटीमण्डको पार्कमा गएको दिएँ । पार्क प्रबेशसंगै वरपर देखिएका दृश्यले मलाई कता कता शंका उब्जाईदिएको थियो । भदौको चर्को घामबाट बच्नको लागि रुखको छहारी लिनु उपयुक्त हुने ठानेको थिएँ, अनि भृकुटीमण्डप छानेको थिएँ । पार्कमा प्रबेश गर्दा कुनै पनि रुख र बुट्यानहरु खाली थिएनन । कम्तिमा एक रुख एक जोडी थिए । म चौरमा अलग्गै बसें । मसंगै उनी पनि थिइन । हाम्रो उद्देश्य शीतलमा बसेर पढ्ने पढाउने थियो । सिक्ने सिकाउने थियो ।

उनले आफ्नो ब्यागबाट सानो र आर्कषक डायरी निकालिन, अनि मैले भनेको शब्दहरुलाई अक्षरको आकार दिन कलमलाई गति दिईरहिन । म पनि उत्साहित हुँदै आफ्ना अनुभबहरु ओकल्दै गएँ ।

उनको हात डायरीबाट बाहिर निस्केर, मेरो पाखुराभित्र पसि सकेछन । आवाज ठूलो बनाउँदै म अलि टाढिएँ । उनको हात कसिलो बन्दै थियो । रुखहरु ओगटेर बसेकाहरुले पनि आँखा हामीतिरै ओछ्याए । कान पनि ठाडो बनाए । म टाडिदै थिएँ, उनी मलाई कस्दै थिइन । टाढिने र कस्सिनेमा रस्साकस्सी चल्यो, अन्तत जीत टाढिन खोज्नेकै भयो ।

(उनीसंग छुटिएर डेरा पुगेपछि, मेरो मथिङ्गलमा दिउँसोकै दृश्यहरु घुमीरहृयो । म जुन उद्देश्य र सम्बन्धबाट भृकुटीमण्डप गएको थिएँ । त्यही सम्बन्ध र आर्दशलाई कायम राखेर र्फकन सकेकोमा आफूलाई बिजयी ठानिरहेको थिएँ । आर्दश गुरु बन्ने लक्ष्यमा रहेको मानिस म कसरी बिचलित हुन सक्थें ? स्वघोषित अहमले मेरो नाक फुलेर घिरौंला बनेको थियो । अनि अर्को तिर मेरो पुरुष मनले पाएको अबसर सदुपयोग नगरेकोमा पश्चाताप पनि गरिरहेको थियो । गुरु र पुरुष मनको द्वन्द्वले मेरो निन्द्रा पर सरिरहेको थियो । पुरुष मन र गुरु मनको द्वन्द्वको छिनोफानो नहुँदै निन्द्राको जीत भयो ।)

ब्यूँझिन हिजो भृकुटीमण्डपमा संगै गएकी उनको एसएमएसको साहयता चाहियो । कस्तो अचम्म यता मेरो पुरुष मनलाई गुरु मनले जितिरहेका बेला उनलाई भने महिला मनले जितेको रहेछ । महिला मनको हार भएर चेली मनको जीत भएका बेला उनले लेखेको पूर्णबिराम, अल्पबिराममा परिबर्तन होला कि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment