Comments Add Comment

हप्ताको एकपटक सेक्सले दिन्छ पर्याप्त खुसी

sex
पार्टनरहरुको खुसीका लागि दिनहुँ सेक्स आवश्यक हुन्छ भन्ने सोँच्नुभएको छ भने एकपटक यो पढ्नुहोस् । पछिल्लोपटक गरिएको एक अनुसन्धान अनुसार हप्तामा एकपटक गरिने सम्भोगले मात्र पनि दुइ आत्माबीचको प्रेम तथा समर्पणलाई कायम राख्न तथा खुसीलाई बढाउदछ ।

धेरै सम्भोगले धेरै खुसी ल्याउने भएपनि हप्तामा एकपटक भन्दा धेरै सम्भोग आवश्यक नपर्ने शोधकर्ताहरुको भनाइ छ ।
युनिभर्सिटी अफ टोरन्टो मिसिसाउगाकी शोधकर्ता एमी मउसीका अनुसार सहवासमा पार्टनरहरुबीच आत्मीय तथा अन्तरँग सम्बन्ध कायम हुनुपर्छ । यस्तो भयो भने दिनहुँ सेक्स आवश्यक पर्दैन ।

झण्डै ४ दशकसम्म ३० हजार अमेरिकी नागरिकमा गरिएको सर्भेक्षणका क्रममा हप्तामा औषतमा एक पटक भन्दा बढि पटक सेक्स गर्दा खुसी सूचकमा वृद्धि नभएको पाइयो । साथै ३३५ जना मानिसमा अनलाइन सर्भे पनि गरिएको थियो । उक्त अनलाइन सर्भेले मानिसहरुमा पैसाले भन्दा सेक्सले बढि खुसी प्रदान गर्ने तथ्य प्रमाणित भयो ।

खुसीका लागि हप्तामा एकपटक सेक्स गर्नु पर्याप्त हुने भन्दै शोधकर्ताहरुले हप्तामा एकभन्दा बढि पटक सहवास गरेपनि खुसीको त्यो सूचकमा वृद्धि नहुने र समान रहने बताए ।

सहवासको दर र खुसीको तहबीचको यो सम्बन्धमा लिंग, उमेर तथा सम्बन्धको समयले कुनै फरक नपार्ने पनि देखिएको छ ।
यस सम्बन्धी शोध सोसियल साइकोलोजिकल एण्ड पर्सनालिटी साइन्स जर्नलमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment