Comments Add Comment

लालूप्रसादका छोरा तेजस्वी बने विहारका उप मुख्यमन्त्री

bihar deputy cm Tejasvi Yadav

५ मंसिर, काठमाडौं । नितिशकुमार पाँचौं पटक विहारको मूख्यमन्त्री बनेका छन् । साथै नितिश मन्त्रिमण्डलमा लालू प्रसादका यादवका कान्छो छोरा तेजस्वी यादव उप मुख्यमन्त्री बनेका छन् ।

विहार विधानसभामा महागठवन्धनले दुई तिहाईभन्दा बढी बहुमत ल्याउँदा लालूप्रसादको पार्टी आरजेडी सबैभन्दा ठूलो दल बनेको थियो ।

तेजस्वीले पथ निर्माण, भवन निर्माण, पिछडा वर्ग एवं अति पिछडा वर्ग कल्याण मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नेछन् ।

लालूका जेठा छोरा पनि मन्त्री बनेका छन् । तेजप्रसाद यादव स्वास्थ्य, लघु जल संसाधन र पर्यावरण एवं वन विभागको मन्त्री बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment