Comments Add Comment

अब संगीतमा पनि गुगल र एप्पलको लडाइँ

Music

प्रविधि कम्पनी एप्पल र गुगल फेरि एक अर्कासँग भिड्नका लागि तयार भएका छन् । संगीत दुनियामा अब यी दुइबीच नयाँ लडाइँ सुरु हुन लागेको हो ।

हालैमात्र एप्पलले एन्ड्रोइड डिभाइसका लागि पनि पहिलोपटक एप सार्वजनिक गरेको थियो ।

उता गुगलले पनि आफ्नो म्युजिक एप लन्च गरेको छ र यो एपको मज्जा एन्ड्रोइड र एपपल दुबैमा लिन सकिनेछ । एन्ड्रोइडका लागि यु ट्युब म्युजिकको एप तथा एप्पल स्मार्टफोनका लागि पनि यु ट्युब म्युजिकको एप गुगलले सार्वजनिक गरेकेा हो । अब एन्ड्रोइड र आइओएस दुबैमा यु ट्युब म्युजिक एप डाउनलोड गर्न सकिनेछ ।

इन्स्ट गरेसँगै तपाइँले १४ दिनका लागि विना विज्ञापनका संगीत सुन्न र हेर्न सक्नुहुनेछ । अघिल्लो दशकमा एप्पलले संगीतको दुनियालाई नै बदलिदिएको थियो । म्युजिक कम्पनीहरुसँग सम्झौता गर्दै डिजिटल म्युजिकमा स्वास भर्ने काम उसैले गरेको थियो ।

एप्पलको आइपड र आइट्युन्सले मानिसहरुको संगीत सुन्ने बानीमै परिवर्तन गरिदिएको थियो ।

अब संगीतको दुनियामा एप्पलको उक्त राजलाई चुनौति दिँदै गुगलले यु ट्युब म्युजिक सेवा सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment