Comments Add Comment

खुल्ला ठाउँमा दिसापिसाब गर्नेले सरकारी जागिर नपाउने !

Get-a-Job

सरकारी जागिरका लागि अयोग्यताका मापदण्ड के के हुनसक्छन् ? हाम्रो कानून हेर्ने हो भने नैतिक पतन देखिने फौजदारी मुद्दामा कसूरदार ठहरिएको, उमेर नपुगेको वा उमेर हद नाघेको, नेपाली नागरिक नभएको, भ्रष्टाचार प्रमाणित भएर सेवाबाट बाहिरिएको आदि ।

तर के घरमा चर्पी नभएको वा चर्पी बाहिर दिसा पिसाब गरेको आधारमा पनि व्यक्तिलाई सरकारी जागिरका लागि अयोग्य घोषित गर्न मिल्ला ? साँच्ची हाम्रो देशको कानूनले त यस्तो गर्न दिँदैन । तर भारतको हरियाणामा भने अब खुल्ला ठाउँमा दिसा गर्नेले सरकारी जागिर नपाउने भएका छन् ।

हरियाणा राज्य अन्तरगत जिल्ला ग्रामीण विकाश एजेन्सी, कुरुक्षेत्रले हालै माग गरेको ब्लक कोअर्डिनेटर्स तथा क्लस्टर मोटिभेटर्स पदका लागि योग्य हुन उमेद्धारले अनिवार्य रुपमा चर्पीमै दिसापिसाव गरेको हुनपर्नेछ । खुल्ला ठाउँमा दिसापिसाब गर्ने मानिसहरु यो पदका लागि योग्य हुनेछैनन् ।

पदका लागि जारी सरकारी सूचनामा योग्यताको महलमा उमेद्धारको शैक्षिक योग्यता स्नातक हुनुपर्नेका साथै घरमा शौचालय भएको तथा खुल्ला स्थानमा दिसापिसाब नगर्नेलाई प्राथमिकता दिइने उल्लेख छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानलाई सफल बनाउन भन्दै हरियाणा सरकारले यस्तो पहल गरेको हो । अतिरिक्त उप आयुक्त तथा जिल्ला ग्रामीण विकाश एजेन्सी प्रमुख कार्यकारी अधिकारीका अनुसार केन्द्र सरकारको निर्देशन बमोजिम यस्तो नियम बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment