Comments Add Comment

हरेक गालीको बदला एक डलर दान गर्दैछिन् यी महिला

women

पत्थरको जवाफ फूलले दिनुपर्छ भन्ने आहानै छ । बैगुनीलाई गुनले मार्नुजत्तिको जाति के होला र ? तर भन्न जति सजिलो छ, गर्न चाहीँ उत्तिकै गाह्रो हुन्छ । अस्ट्रेलियाकी एक महिलाले भने साँच्चीकै यी उखानलाई चरितार्थ गरेकी छिन्, पत्थरको जवाफ फूलले दिएर ।

सोसल मिडियामा घृणा तथा द्वेष फैलाउनेलाई निमिट्यान्न पार्ने प्रयासमा सुजन कारल्याण्ड नामक महिलाले अनौठो बाटो अपनाएकी छिन् । मुस्लिम धर्मावलम्बी सुजनलाई टि्वटरमा मुस्लिम भएकै कारण धेरै गाली आउने गर्थे । टक शो प्रस्तोता भलील ऐलीकी पत्नी सुजनले अब आफुलाई टि्वटरमा गरिने हरेक गालीको बदलामा एक अस्ट्रेलियाली डलर युनिसेफलाई दान गर्ने फैसला गरेकी छिन् ।

उनले आफुले अहिलेसम्म घृणायुक्त टिवट्सकोे बदलामा अलिेसम्म झण्डै १ हजार डलर दान गरिसकेको बताएकी छिन् । सहयोग चाहिने बच्चाहरुले तिमी घृणितहरुलाई धन्यवाद दिन्छन्, उनले टि्वटरमा भनेकी छिन् ।

सिड्नी मर्निंग हेराल्डमा उनले लेखेकी छिन् : मलाई फेसबुकमा आउने मेसेजमा भनिएको हुन्छ की म एक मुस्लिम महिला भैकन पनि हत्या, युद्ध तथा यौनिकता चाहन्छु । उनीहरुले मेरो मृत्युको कामना गरिरहेका हुन्छन् र मलाई अस्ट्रेलिया छाड्ने धम्की दिइरहेका हुन्छन् ।

उनीमाथि जिहादी लडाकु भएको आरोप पनि लगाइने गरेको छ । साथै उनले अस्ट्रेलिया कब्जा गर्ने योजना बनाएको पनि आरोप लगाइन्छ ।

उनले यस्ता गालीबाजहरुलाई टि्वटरमा ब्लक गर्नुको साटो गालीको बदला दान दिने आइडिया लगाएकी छिन् । उनको यस्तो पहलको प्रसंसा गर्नेहरुको संख्या बढ्दो छ । यस्तो पहलपछि उनलाई आउने गालीको संख्यामा कमी आएको छ की छैन, त्यो भने उनले बताएकी छैनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment