Comments Add Comment

पाकिस्तानले साफ च्याम्पियनसिप नखेल्ने

SAFF Championship 2015

६ मंसिर, काठमाडौं । पाकिस्तानले अर्को महिना भारतमा हुने साफ च्याम्पियनसिप फुटबलमा भाग नलिने भएको छ ।

पाकिस्तान फुटबल फेडेरेशन (पीएफफ)ले साफका महासचिवलाई प्रतियोगिताबाट नाम फिर्ता लिएको जानकारी गराएको छ । ‘पीएफफले साफ च्याम्पियनसिपबाट टीम फिर्ता लिएको इमेल मैले पाए’ साफ महासचिवले द डेलिस्टारसँग भनेका छन् ।

पाकिस्तानले पछिल्लो समय एएफसी र साफ प्रतियोगिताहरु खेलेको छैन । उसले साफ यू–१६, यू–१९ र यू–२१ समेत खेलेन ।

साफ च्याम्पियनसिप यो वर्ष सुजुकी साफ कपको नामबाट डिसेम्बर २३ देखि जनवरी ३ सम्म केरलामा हुँदैछ ।

पाकिस्तानले नाम फिर्ता लिएपछि अब सात टीमले मात्र खेल्नेछन् । जसमा नेपाल, भारत र श्रीलंका समूह एमा छन् भने समूह बीमा अफगानिस्तान, माल्दिभ्स, बंगलादेश र भुटान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment