Comments Add Comment

ग्रान्डी अस्पतालमा भास्कुलर सर्जरी कार्यशाला

Grandi
काठमाडौं । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ह्यान्डस् अन ट्रेनिङ (इमरजेन्सी भास्कुलर सर्जरी) कार्यशाला सम्पन्न भएको छ ।

जर्मनीबाट आएकी भास्कुलर सर्जन (रक्तनली बिशेषज्ञ) डाक्टर बिर्गिट कश्चले नेपालका २० जना भन्दा बढी सर्जनहरुलाई ह्यान्ड अन (ब्यवहारीक अभ्यास सहित) पहिलोपटक प्रशिक्षण दिएकी हुन् ।

दुर्घटनापछि अस्पतालको आकस्मिक उपचार कक्षमा आउने भास्कुलर इन्जुरी सहितका गम्भिर बिरामीहरुको तत्काल उपचार गर्न आवश्यक बेसिक भास्कुलर सर्जरीको सीप सिकाउन कार्यशाला आयोजना गरिएको बताइएको छ ।

अप्रेशन थिएटरमा भास्कुलर सर्जन आईपुग्नु अघिको क्षति न्यूनिकरण (ड्यामेज कन्ट्रोल) को लागि यो सीप उपयोगि हुने डाक्टर बिर्गिट कश्चले बताइन ।

ट्रेनिङमा भाष्कुलर प्याचप्लाष्टि , थ्रमबोस रिमुभल, सन्टिङ, एन्ड टु एन्ड एनस्टोमोसिस, एन्ड टु साइड एनस्टोमोसिस, बाइपास, लगायतका आधारभूत सिपहरुवारे ट्रेनिङ दिइएको थियो ।

भास्कुलर इन्टरनेनशल र जर्मन भास्कुलर एसोसिएसनको सहकार्यमा ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा आयोजित ट्रेनिङमा नेपालका बिभिन्न अस्पतालमा कार्यरत नन भास्कुलर सर्जनहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment