Comments Add Comment

उपभोक्ता मूल्य वृद्धिदर ८.३ प्रतिशत रहेको राष्ट्र बैंकको दाबी

६ कात्तिक, काठमाडौं । भारतीय नाकाबन्दी र बन्द हडतालले बजारमा बस्तुको अभाव भई मूल्य चर्किएको बेलामा राष्ट्र बैंकले मूल्य वृद्धिदर सामान्य रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

असोज महिनामा वाषिर्क उपभोक्ता मूल्य वृद्धिदर ८.३ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदमा उल्लेख छ । जुन वृद्धिदर सामान्य रहेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.८ प्रतिशतले मात्र बढी हो । अघिल्लो वर्षको असोज महिनामा यस्तो वृद्धिदर ७.५ प्रतिशत रहेको थियो ।

Foodअसोज तीन गते जारी भएको नयाँ संविधानमा असहमति जनाउँदै भारतले अघोषित नाकाबन्दी गरेपछि बजारमा बस्तुको चर्को अभाव भएको छ । मधेशवादी दलहरुले सय दिन अगाडिदेखि गरेको तराई केन्द्रीत बन्द हडतालबाट सुरु भएको अभाव नाकाबन्दीसँगै थप चर्किएको छ ।

उपभोक्ताले बजारमा वस्तुको झण्डै दोब्बर मूल्य तिरेर किनिरहेका बेलामा राष्ट्र बैंकको तथ्यांकले मूल्य वृद्धि सामान्य रहेको देखाएको छ । असोज महिनादेखि नै मुलुकमा अत्यावश्यक वस्तुहरुको आपूर्ति हुन सकिरहेको छैन ।

यस अवधिमा दलहन तथा गेडागुडीको मूल्य वृद्धिदर सबैभन्दा उच्च ३४.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा दलहन तथा गेडागुडीको वृद्धिदर १०.५ प्रतिशतमात्र रहेको थियो ।

अघिल्लो वर्ष १.१ प्रतिशतले घटेको घ्यू तथा तेलको मूल्य समिक्षा अवधिमा १७.३ प्रतिशतले बढेको छ । त्यस्तै, दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्य १०.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्य १०.५ प्रतिशतले बढेको थियो ।

मासु तथा माछाको मूल्य १० प्रतिशत बढेको छ भने खाद्यजन्य पदार्थको ८.८ प्रतिशतले बढेको छ । फलफूल तथा मसलाको मूल्य ८.३ प्रतिशतले बढेको छ ।
क्षेत्रगत आधारमा हेर्दा सबैभन्दा बढी काठमाडौं उपत्यकामा ९.१ प्रतिशतले मूल्य वृद्धि भएको छ भने पहाडमा ८.८ प्रतिशत, तराइमा ७.७ प्रतिशत र हिमालमा ७.२ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment