Comments Add Comment

कलेजका विद्यार्थीलाई गुगलद्वारा दुई करोडको जागिर अफर

नयाँदिल्ली । इन्टरनेट बादसाह गुगलले एक भारतीय बिद्यार्थीलाई बाषिर्क झण्डै दुई करोड रुपैयाँको जागिर अफर गरेको छ ।

chetan-kakkarयी भाग्यमानी युवक हुन् दिल्ली प्राविधिक विश्वविद्यालय (डिटियु) मा अन्तिम बर्षको अध्ययन गर्दै गरेका चेतन कक्कर । उनलाई गुगलले बाषिर्क १ लाख ९० हजार अमेरिकी डलरको जागिर दिने भएको छ ।

उक्त सफलतापछि प्रतिक्रिया दिँदै कक्करले डिटियू क्याम्पसले आफ्नो जीवनमा ठूलो फरक पारेको बताए ।

कक्करका बाबु र आमा दुवै सो विश्वविद्यालयका शिक्षक-शिक्षिका हुन् । आमा रिता कक्कर रसायनशाष्त्र विभागमा कार्यरत छिन् भने बुवा सुवास कक्कर व्यवस्थापन विषयका शिक्षक हुन् । डिटियूमा सूचना प्रविधि विभागका अन्तिम वर्षका विद्यार्थी कक्रले सन् २०१६ मा आफ्नो पढाई पूरा भएपछि गुगलमा काम थाल्नेछन् ।

गुगलको क्यालिफोर्निया स्थित कार्यालयमा काम गर्दा उनको प्रारम्भिक तलव हुनेछ एक लाख ९० हजार डलर अर्थात् करिब एक करोड २६ लाख भारु । डिटियू क्याम्पसका कुनै पनि विद्यार्थीले पाएको यो उच्च तलवको अफर हो । यसअघि ९३ भारुसम्मको रेकर्ड थियो ।

कक्करले गुगलमा काम गर्न आफू अत्यन्तै उत्साहित रहेको बताए ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment