Comments Add Comment

अमेरिकी देहव्यापारका केही रोचक तथ्य

binuess

देहव्यापार अर्थात् वेश्यावृत्ति अमेरिकामा पनि निकै फस्टाएको व्यवसाय हो । हतियारको व्यवसाय अमेरिकाको सबैभन्दा ठूलो व्यवसाय हो भन्ने सोँच्नुभयो भने तपाइँ गलत हुनुहुनेछ ।

दी अर्बन इन्स्िटच्युटका अनुसार अमेरिकामा सेक्स व्यवसाय पनि निकै ठूलो छ । मियामीदेखि लिएर वासिंटनसम्म तथा एटलान्टा देखि लिएर डेन्वरसम्म, हरेक ठाउँमा यो व्यवसाय अपनाउने महिलाहरुले मनग्गे कमाइरहेका छन् । दी रिचेष्ट डट कमका अनुसार अमेरिकी वेश्यावृत्ति व्यवसायका विषयमा केही अनौठा तथ्य यस्ता छन्ः

· अमेरिकाको यौन कारोबारको ठूलो हिस्सा अनलाइनबाटै हुने गरेको छ र सडकमा यौनकर्मी महिलाको उपस्थिति कमै देखिन्छ ।

· देहव्यापारमा संलग्न महिलामध्ये एक तिहाइ महिलाले यो आफ्नो पुख्र्यौली पेशा भएको बताउने गरेका छन् । आफ्नो परिवारको कुनै न कुनै सदस्य यो पेशामा रहेकाले आफुले पनि यौनपेशा रोजेको ३० प्रतिशतको भनाइ छ ।

· अमेरिकी यौन बजारका ग्राहक मध्ये ४० प्रतिशत गोराजातिका पुरुष रहेका छन् । अरु बाँकी दुनियाका हरेक प्रकारका मानिस हुने गरेका छन् ।

· यौनकर्मी महिलाका ग्राहकमध्ये अधिकांस आफ्नो तात्कालिन यौन चाहना पूरा गर्नका लागि आएका हुन्छन् भने वेश्यालय धाउने दोश्रो कारण भनेको विभिन्न जात तथा वर्णका महिला चाख्ने उद्धेश्य ।

· अमेरिकामा यौनकर्मी महिलाको मृत्युदर डरलाग्दो छ । अलास्कामा यौनकर्मीको मृत्युदर हरेक १ लाखमा २०४ रहेको छ ।

· यौनकर्मीका विज्ञापनबाट सबैभन्दा धेरै कमाउने वेबसाइट ब्याकपेज डट कम हो । फोब्र्सका अनुसार सन् २०१२ मा यो साइटले यौन विज्ञापनबाट मात्रै २ करोड २० लाख डलर कमाएको थियो ।

· अमेरिकी यौनकर्मी महिलाहरु कोहीपनि निरक्षर छैनन् । उनीहरुमध्ये सबैले कम्तिमा हाइस्कुल शिक्षा प्राप्त गरेका छन् र कतिपयले भने उच्च शिक्षा पनि हासिल गरेका छन् ।

· ग्राहकहरुले केवल नगद मात्र भुक्तानी गर्दैनन्, १० प्रतिशतले डेबिट तथा क्रेडिट कार्डबाट समेत भुक्तानी गर्छन् । ग्राहकहरुमा न्यायाधीश, वकिल, शिक्षक, प्रहरी तथा अन्य कर्मचारी लगायतका समेत हुने गरेका छन् ।

· लाइसेन्सप्राप्त वेश्यालयहरुमा पनि ग्राहकका लागि तोकिएको फिक्स्ड प्राइस हुँदैन । लस भेगासबाट जति नजिक भयो उति नै महंगो हुन्छ ।सामान्य मुल्यसूचि अनुसार, ४० मिनेटको २ सय डलर, एक घण्टाको ३ सय, २ घण्टाको ५ सय तथा रातभरको २ हजार डलर ।

· ग्राहक चाहे जस्तो होस् वेश्यालयकी पेशेवर यौनकर्मीले नाइ भन्न पाउँदिन र ऊ सँग सम्भोग गर्नैपर्छ, नत्र जागिर खतरामा पर्छ । यद्यपि वेश्यालयहरुमा यो नियम नौलो चाहीँ होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment