Comments Add Comment

ट्वीटेको प्रश्नः घर जलाएर कहाँ बस्छौ ?

100 Day, basantapur (2)

७ मंसिर, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका प्रयोगकर्ताहरु सोमबार एकाबिहानै हात हातमा पर्चा बोकेर राजधानीको सडकमा उत्रे । उनीहरुले केही अनौठो तरिकाले सरकार र मधेसमा आन्दोलन गरिरहेका दलहरुलाई झक्झकाउने प्रयास गरे ।

सरकार र आन्दोलनकारीलाई झक्झक्याउन भन्दै स्वतस्फूर्तरुपमा ट्वीटरबाटै तय गरिएको कार्यक्रम अनुसार उनीहरुले सोमबार बिहान काठमाडौंको बसन्तपुरबाट ‘सचेतना र्‍याली’ निकालेका थिए ।

100 Day, basantapur (1)

मधेस आन्दोलन सय दिनमा प्रवेश गर्दा ट्वीटेहरु बिहान करिब साढे ६ बजे नै राजधानीको बसन्तपुरमा जम्मा भएका थिए । त्यहाँबाट सुरु भएको र्‍यालीले केहीबेर प्रदर्शन गरेको थियो ।

‘देश जलाएर खरानी घस्छौ ? घर जलाएर कहाँ बस्छौ ?’, ‘यसरी कति दिन, जागिन्न जति दिन’ ‘दुर्दशाका सय दिन’ जस्ता नारा लेखिएका पर्चाहरु उनीहरुले बोकेका थिए ।

र्‍यालीमा करिब ५० जनाको उपस्थिति रहेको थियो । उनीहरुले बोकेको पर्चामा कालोबजारी रोक, धेरै नखोक जस्ता नाराहरु पनि लेखिएका थिए ।

Suffering-100-Days

100 Days of Suffering 3 100 Days of Suffering

तस्वीर : कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment