Comments Add Comment

यसरी राख्नुस् भुल्दै नभुल्ने पासवर्ड

Key-board
आफ्नो इमेल अकाउण्ट होस् वा फेसबुक अकाउण्ट, अनलाइनका अन्य विभिन्न अकाउण्टका पासवर्ड नै किन नहुन् । पासवर्ड भुलेर हैरानीमा पर्ने पीडा धेरैले भोगेकै हुनुपर्छ । कतिको त अझ छिटै नै पासवर्ड भुलिहाल्ने बानी हुन्छ ।

सजिलो तथा सम्झिन सकिने खालको पासवर्ड राखौँ भने अरुले ह्याक गर्लान् भन्ने डर, सुरक्षित तथा अप्ठेरो राखौँ भने आफैले बिर्सिने डर ।

यस्तो धर्मसंकटमा परिन्छ प्रायः । तर अब भने यस्तो असमन्जस्यबाट मुक्ति पाइने भएको छ । शोधकर्ताहरुले यस्तो जुक्ति पत्ता लगाएका छन् जसबाट अब सुरक्षित पासवर्ड सेट गर्न र आफ्नो पासवर्ड सजिलै सम्झिन सकिनेछ ।

शोधकर्ताका अनुसार यो विधिबाट तयार गरिएको पासवर्ड सम्झिने खालको हुनेछ र प्रयोगकर्तालाई सधै याद रहन्छ । यसको साथै यो पासवर्डको अनुमान ह्याकरले गर्नै सक्दैन ।

शोधकर्ताहरुले सुरक्षित तथा स्मरणयोग्य पासवर्डको यो विधिलाई कवितात्मक पासवर्ड विधिको नाम दिएका छन् ।

अमेरिकाको साउदर्न क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरु मर्जान घाज्विनीनेजाद र केभिन नाइटलेे यस सम्बन्धमा एउटा शोधपत्र नै तयार पारेका छन् ।

जसमा र्याण्डम रुपमा छनोट गरिएका शव्दहरुबाट एउटा कविताको हरफ तयार पारी सोहीलाई पासवर्डको रुपमा प्रयोग गर्न सकिने विधि उल्लेख छ ।

यसरी र्याण्डम रुपमा छनोट गरिएका शव्दहरुलाई विभिन्न रुपमा गाँसेर कविता तयार पारेर पासवर्ड सिर्जना गर्ने विभिन्न सामान्य विधिको मूल्यांकन गरेका छन् शोधकर्ताहरुले । उनीहरुले चारवटा र्याण्डम शव्दहरुबाट र्याण्डम वाक्य तयार पार्ने लगायतका विधिको परीक्षण गरे ।

त्यसक्रममा उनीहरुले यस्ता शव्दहरुबाट तयार पारिएको कवितात्मक वाक्य पासवर्डको रुपमा प्रयोग गर्दा सम्झन सजिलो भएको र सो नै सबैभन्दा उपयुक्त हुने निष्कर्ष निकाले । नमूनाको रुपमा शोधकर्ताहरुले दिएका तिनवटा कवितात्मक पासवर्ड यस्ता छन्ः

Incited coolly nationwide
and also shipping countryside
or:
Imperial recruit complain
the diamonds area remain
or even:
The lurid marginal dismay
or pleasure stealing anyway

शोधकर्ताका अनुसार यस्ता पासवर्ड ब्रेक गर्न ह्याकरलाई असम्भव नै हुन्छ । अहिलेको दरलाई आधार मान्ने हो भने यो एउटा पासवर्डलाई ह्याक गर्न ५० लाख वर्ष लाग्ने ठहर शोधकर्ताले गरेका वासिंटन पोष्टले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment