Comments Add Comment

अब मल्टिप्लेक्समा निर्मातालाई ५० प्रतिशत, ट्रेलर बजाएको पैसा नलाग्ने

फाइल फोटो
पहिलो कुरा त नेपाली चलचित्रका निर्मातालाई काठमाण्डौका मल्टिप्लेक्समा चलचित्र लगाउन नै मुश्किल छ । लगाइहाले  पनि शो पाउन मुश्किल देखिन्छ । यसपछि, शो पाएर चलचित्रले व्यापार राम्रो गरेपनि पैसा हेरेर मुसुक्क हाँस्नु भन्दा अरु उपाय थिएन ।

कारण मल्टिप्लेक्सबाट उनीहरुले व्यापार गरे अनुसारको रकम पाउँदैनन् । यसमाथि, जुन मल्टिप्लेक्समा चलचित्र चल्छ, त्यो मल्टिप्लेक्समा चलचित्रको ट्रेलर बजाएको पनि चर्कै रकम तिर्नुपर्छ । यो सबै हेर्दा निर्मातालाई मल्टिप्लेक्समा चलचित्र लगाइयो भन्दा लगाइयो भनेजस्तै छ ।

अब, भने यो प्रथा तोडिने भएको छ । चलचित्र विकास बोर्डले चलचित्र संघलाई पत्र पठाएर केही दिन अगाडि यो बिषयमा पहल गर्न आग्रह गरेको थियो । चलचित्र संघले बोर्डको आग्रहलाई स्विकार गर्दै नयाँ नियम लागू गर्ने तयारी गरेको छ, जस अनुरुप निर्मातालाई केही मात्रामा फाइदा देखिन्छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले अनलाइनखबरसँग भने-‘यो बिषयमा हामी आधिकारीक जानकारी पत्रकार सम्मेलन मार्फत दिनेछौ । मल्टिप्लेक्सको अन्तरराष्ट्रिय मुल्य र मान्यता अनुसार यो काम भएको छ ।’ उनले चलचित्र संघले यो नियम लागू गर्नका लागि सबै हललाई पत्र काटिसकेको पनि जानकारी दिए । राजकुमारका अनुसार अब, ३ हप्तासम्म नेपाली चलचित्रको हल ट्रेलर बजाएको रकम लाग्ने छैन ।

अब, काठमाण्डौका मल्टिप्लेक्समा नेपाली चलचित्रले पहिलो हप्ता ५०  प्रतिशत, दोश्रो हप्ता ४२.५ प्रतिशत शेयर पाउनेछन् । अहिलेसम्म यो भन्दा कम रकम मात्र निर्माताले शेयर पाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment