Comments Add Comment

प्रधानमन्त्रीको फोन गाउँकी महिलाले उठाएपछि…

photo

प्रधानमन्त्रीको फोनकल डाइभर्ट भएर एकजना सामान्य महिलाले उठाएपछि के होला ? आइसल्याण्डमा त्यस्तै भएको छ ।

त्यहाँको ग्रामीण भेग रेक्जाभिककी एक महिलाको फोनमा हालै देशका प्रधानमन्त्रीको फोनको कल डाइभर्ट भएपछि उनले प्रधानमन्त्रीको फोनमा आएका कल उठाइन् ।

इंगिब्जर्ग सिंगुर्भिन्स्डटरको फोन बिहान साढे ९ बजे बज्यो । तर त्यो फोन उनलाई गरिएको फोन थिएन । कसैले प्रधानमन्त्रीलाई गरेको फोनकल थियो ।

एक संचारमाध्यम सँगको कुराकानीमा ती महिलाले प्रधानमन्त्रीका लागि आएको फोनकल उठाउन पाउँदा खुसी भएको भन्दै आफु देशको एकजना नागरिक भएको हुँदा देशलाई सहयोग गर्न तयार रहेको बताइन् ।

समाचार अनुसार प्रधानमन्त्री कार्यालयको सुरक्षा गार्डले रातीको समयमा अफिसको फोनकल आफ्नो मोबाइलमा कल डाइभर्ट गर्ने क्रममा भुलवस अर्कै नम्बर थिचिएपछि प्रधानमन्त्री कार्यालयमा आएका फोनकल सप्पै ती महिलाको मोबाइलमा पुगेका रहेछन् । आफु ड्युटीमा फर्किँदा उनले डाइभर्ट गरिएको कल फर्काउन पनि भुलेछन् । त्यसपछि अर्को दिन बिहान अफिसको ड्युटीमा आएका कर्मचारीले प्रधानमन्त्री कार्यालयको फोनमा कुनै फोनकल नआएको देखेपछि अचम्म माने ।

पछि पो बल्ल थाहा भयो की कार्यालयको फोनको कल डाइभर्ट गरिएको रहेछ, त्यो पनि कुनै अपरिचित नम्बरमा । प्राविधिकहरुले त्यो समस्या छिनभरमै सुल्झाए ।

प्रधानमन्त्रीका सहयोगी जोहेन्स थोर क्लसनले घटनाको बारेमा जानकारी दिँदै प्रधानमन्त्री कार्यालयको फोन झर्को नमानिकन उठाइदिएर सहयोग गरेकोमा ती महिलालाई राज्यको तर्फबाट हार्दिक धन्यवाद दिए । हाम्रो कर्मचारी नभएपनि उनले निकै गर्वसाथ काम गरेकी छिन्: उनले भने । उता प्रधानमन्त्री कार्यालयको फोन उठाएर जवाफ दिन पाउँदा ती महिलाको पनि भुइँमा खुट्टा छैन । राज्यले आफ्नो सहयोग चाहिएमा फेरि आग्रह गर्नसक्ने र आफु सहयोगका लागि सधै तयार रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment