Comments Add Comment

स्वास्थ्य मन्त्रालयमा हेल्प डेस्क सञ्चालन, औषधि व्यवस्थापन गर्न चारसदस्यीय कार्यदल गठन

medicine८ मंसिर, काठमाडाैं । भारतीय नाकाबन्दीले उपचारमा परेको समस्या न्यूनीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारबाट हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले बिरामी, सर्वसाधारण र अस्पतालले कुनै औषधि अभाव भएमा पैसा नलाग्ने टोल फ्री नम्बर १६६०१–३३४४४ मा खबर गर्न भनेको छ । कर्मचारीले औषधि तत्काल व्यवस्थापन गर्ने तथा उपायबारे जानकारी दिने मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताएको नयाँ पत्रिकामा खबर छ । टोल फ्री नम्बर भने कार्यालय समयमा मात्रै सुचारु रहनेछ ।

औषधि व्यवस्थापन गर्न चारसदस्यीय कार्यदल

भारतको नाकाबन्दीपछि अभाव भएका अत्यावश्यक औषधि तथा उपकरण व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले सहसचिव डा. गुणराज लोहनीको संयोजकत्वमा चारसदस्यीय कार्यदल बनाएको छ ।

कार्यदलले सरकारी तथा निजी अस्पतालमा औषधि तथा उपकरण व्यवस्थापन, नाकामा रोकिएका औषधि रिरुट गरेर ल्याउने, देशभित्रै रहेका औषधि तथा उपकरण गन्तव्यमा पुर्‍याउने तथा स्वास्थ्य संस्थामा आवश्यक इन्धन सहज उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment