Comments Add Comment

‘गरिबीभन्दा कोख पाल्न सजिलो’

Pregnancy
८ मंसिर, नयाँदिल्ली । भावीले उनको भाग्यमा के कोरिदिएको छ, त्यो उनी जान्न चाहन्नन् । उनी आफ्नो र परिवारको खुसीका लागि परिआएका जस्तासुकै दुःखकष्ट र चुनौती बेहोर्न तयार हुन्छिन् ।

नेपाली नागरिक माया (नाम परिवर्तन) यतिबेला दिल्लीको कैलाश भनिने ठाउँको पूर्वमा बस्दैछिन् । यो ठाउँ उनका लागि नयाँ छ तर आफूजस्तै सयौं महिला देख्दा भने सहज र आफैंप्रति आत्मविश्वास पलाएको महसुस उनी गर्छिन । सरोगेसीका कथा संवाददातालाई बताउँदै गर्दा उनको अनुहारमा चमक देखिएको नागरिकमा खबर छ ।

‘मैले मेरो कोखमा अरु कसैको सन्तान हुर्काउन सबै किसिमका मेडिकल जाँच पूरा गरेँ र कैयौं समय पर्खिएँ,’ उनले आफ्नो दह्रो आत्मविश्वास देखाउँदै भनिन् । उनी यतिबेला करिब सात लाख रुपैयाँ -सात हजार डलर) दिन सक्ने राम्रो ग्राहकको कुराइमा छिन् ।

दुई सन्तानकी २८ वर्षकी आमा मायाले यसरी आउने पैसाले आफ्ना लालाबालालाई राम्रो निजी विद्यालयमा पढाउने र नेपालमा एउटा सानो घर बनाउने सपना पालेकी छन् । उनका सन्तान सरकारी विद्यालयमा पढिरहेका छन् भने माइतीले तिनको रेखदेख गर्दैछन् ।

रुपन्देहीकी माया दिल्लीमा बस्न थालेको दुई वर्ष भयो । उनका पति पनि दिल्लीमै काम गर्छन । सुरुमा उनले घरेलु कामदारका रुपमा काम गरेकी थिइन् । रातदिन खट्दा महिनाको आठ हजार मुस्किलले कमाउँथिन् । पछि ‘राम्रो कमाइ’ को बाटो खोज्दा सरोगेसीको बाटो फेला पारिन् । भारतमा नेपाली महिलाले सरोगेसी गर्न मिल्ने कुरामा उनी विश्वस्त छिन् ।

‘हाम्रो आर्थिक अवस्था राम्रो छैन् ।’ उनले भनिन्-‘हजारौं नेपाली महिलाले पैसाका लागि भाडामा कोख उपलब्ध गराउने गरेका छन् । मेरो नजरमा यो गलत पनि होइन् ।’

पतिको सहमतिमा नै भाडाको कोख लिन तयार भएको भन्दै उनले गरिबीभन्दा कोख पाल्न सजिलो हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment