Comments Add Comment

नागरिकलाई राहत दिन युद्धस्तरमा काम गर्नुपर्ने अर्थविदको सुझाव

८ मंसिर, काठमाडौं । आर्थिक संकट समाधान गरेर नागरिकलाई तत्काल राहत दिन अल्प र दीर्घकालीन योजना बनाएर सरकारले युद्धस्तरमा काम गर्नुपर्ने अर्थविद तथा उद्योगीले बताएका छन्। तराई–मधेस आन्दोलनको सय दिन तथा भारतले गरेको नाकाबन्दी २ महिना नाघ्दा देशमा आर्थिक संकट गहिरिँदै गए पनि सरकार तथा राजनीतक दलका नेताहरू भाषण मात्र गरेर बसेको उनीहरूले आरोप लगाए।

उनीहरूले संकट गहिरिँदै गएकाले ‘इकोनोमिक वार रुम’ नै बनाएर युद्धस्तरमा काम गर्न सरकारलाई सुझाव दिएका छन्।

नेपाल रिपब्लिक मिडियाले सोमबार आयोजना गरेको अन्तरक्रियामा उनीहरूले सरकारलाई समस्याप्रति गम्भीर हुन र आर्थिक संकट व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन योजना ल्याउन पनि आग्रह गरे। उद्योगी हरिभक्त शर्माले सरकारमा व्यवस्थापकीय कौशल नदेखिएको बताए। ‘जनताले यति धेरै दुःख पाउँदा पनि सरकारले केही नगरेकाले नेपालको अर्थतन्त्रसँगै अहिले सामरिक क्षमता पनि कमजोर हुँदैछ,’ उनले भनेको नागरिकमा खबर छ ।

शर्माका अनुसार एकातिर सरकार कानुनी राज्य कायम राख्न असफल भएको छ भने अर्कोतिर संविधान लागू गर्ने, जनताको जिउधन सुरक्षा गर्ने, देशमा शान्ति स्थापना गर्नेजस्ता काममा सरकार चुकेको छ। ‘संविधानपछिको पहिलो सरकार भएकाले यस सरकारको जिम्मेवारी संविधान लागू गराउने पनि हो,’ उनले भने, ‘यस कुरामा सरकार धेरै हदसम्म असफल देखियो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment