Comments Add Comment

ब्लाटर र प्लाटिनीमाथि ७ वर्षे प्रतिवन्ध लाग्न सक्ने

Sepp-Blatter-&-Michel-Platini

८ मंसिर, काठमाडौं । भ्रष्टाचार आरोपमा दोषी ठहरिए फिफाका निलम्बित अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष मिचेल प्लाटिनीमाथि ७ वर्षको प्रतिवन्ध लाग्ने देखिएको छ ।

फिफाको इथिक्स कमिटीका अनुसन्धानकर्ताहरुले ब्लाटर र प्लाटिनीमाथि अनुसन्धान गरिरहेका छन् र ब्लाटरबाट १.३५ मिलियन पाउण्ड लिएकोमा प्लाटिनीलाई प्रतिबन्धको सिफारिस गर्न सक्नेछन् । बीबीसीका अनुसार यो अनुसन्धान रिपोर्ट क्रिसमससम्ममा प्रकाशित हुन सक्नेछ ।

ब्लाटर र यूइएफकाका अध्यक्ष समेत रहेका प्लाटिनी अहिले ९० दिनको निलम्बनमा छन् । र, दुबैले आरोप अस्वीकार गर्दै आएका छन् ।
तर, उनीहरुमाथि मिसम्यानेजमेन्ट, गलत लेखा एकाउन्टिङ र इथिक्स कमिटीसँग समन्वय गर्न नसकेको आरोपको पनि सामना गर्नु पर्ने देखिएको छ ।

फिफाले भने रिपोर्ट होरियारिपूर्वक अध्ययन भइरहेको बताएको छ । तर, ब्लाटर र प्लाटिनीमाथि हेरोल्ड मेनी निकोल्सलाई जस्तै कन्फिल्क्ट अफ इन्ट्रेस्ट नियमका आधारमा ७ वर्षसम्मको प्रतिवन्ध लाग्न सक्ने देखिएको छ ।

६० वर्षका प्लाटिनीले भने फिफा अध्यक्षमा ब्लाटरलाई विस्थापित गर्न सक्ने आश मारेका छैनन् । फिफा अध्यक्षका लागि फेब्रुअरीमा चुनाव हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment