Comments Add Comment

यस्ता छन् दुनियाका १० होँचा मानिसहरु (फोटो फिचरसहित)

विश्वका सबैभन्दा होँचा मानिसको रुपमा रहेका नेपालका चन्द्र बहादुर डाँगीको केही समयअघि मृत्यु भयो । डाँगीको मृत्युपछि पनि दुनियामा अन्य धेरै होँचा मानिसहरुको कमी छैन । दुनियाका १०होँचा मानिस यस्ता छन्:

Ajay Kumar

१. यी हुन् अजय कुमार । भारतको केरलाका अजको उचाइ २ फिट ६ इन्च छ । पेशाले कमेडियन अजय केरलाको फिल्म उद्योगमा चर्चित छन् ।
Chen Guilan and Li Tangyong
२. चीनका चेन गुइलान र लि टांगयोंग सम्भवतः विश्वका सबैभन्दा होँचा जोडी हुन् । चेनको उचाइ २ फिट ४ इन्च र ली को उचाइ ३ फिट ७ इन्च छ ।

Edward Nino Hernandez

३. एडवार्ड निनो हर्नान्डेज कुनै बेला विश्वका सबैभनदा होँचा मानिसको रुपमा थिए । दुइ फिट साढे ३ इन्च अग्ला एडवार्डको उमेर २४ वर्ष तथा तौल १० किलो मात्र छ ।
Khagendra Thapa Magar
४. नेपालका खगेन्द्र थापा मगरले पनि एक समय विश्वका सबैभन्दा होँचा व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाउने सौभाग्य पाए । २ फिट २ इन्च अग्ला छन् खगेन्द्र ।

Jyoti Amge

५. विश्वकी सबैभन्दा होँची महिला ज्योति अम्गेको उचाइ १ फिट ११ इन्च छ । भारतकी १४ वषर्ीया यी किशोरीको तौल ५ किलो मात्र छ ।

Junrey Balawing
६. जन्रे बालाविंग हाल विश्वका सबैभनदा होँचा व्यक्ति हुन् । नेपालका चन्द्र बहादुर डाँगीको मृत्युपछि यो ताज उनको नाउँमा आएको हो । फिलिपिन्सका बालाविंगको उचाइ २३.५ इन्च रहेको छ ।
Stacey Herald
७. विश्वकी सबैभन्दा होँची आमाको रुपमा रहेकी स्टासे हेराल्डको उचाइ केवल २ फिट ४ इन्च मात्र छ । अमेरिकाको केन्टकीकी हेराल्डले आफ्नो जिउ नै धरापमा पारेर ३ वटा बच्चा जन्माइन् ।

Aditya ‘Romeo’ Dev

८. विश्वका सबैभन्दा होँचा बडीविल्डर आदित्य रोमियो देवको उचाइ २ फिट ९ इन्च रहेको छ । ९ केजी तौलका आदित्यले डेढ केजीको डम्बबेल्स उचाल्न सक्छन् ।

Shannon Bobbitt

९. अमेरिकाकी शानोन बोबिट विश्वकै सबैभन्दा होँची व्यवसायिक बास्केटबल खेलाडि हुन् । उनको उचाइ ५ फिट २ इन्च रहेको छ ।

Gul Mohammed

१०. कुनै समय विश्वका सबैभन्दा होँचा व्यक्तिको रुपमा भारतको तर्फबाट नाम लेखाएका गुल मोहम्मदको उचाइ १ फिट १०.४ इन्च थियो । उनको मृत्यु भैसकेको छ । उनमा धुम्रपानको निकै खराब लत थियो र दमको रोगी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment