Comments Add Comment

तमू समाज कतारद्धारा नेपाली चेलीलाई सहयोग

Qatar

कतार । तमू समाज कतारले स्वदेश फिर्ताका लागि एक नेपाली चेलीलाई सहयोग गरेको छ । मकवानपुरकी दिलकुमारी स्याङतानलाई स्वेदेश फिर्ताका लागि समाजले चार सय ४० कतारी रियाल सहयोग गरेको हो ।

तमू समाज कतारका महिला विभाग संयोजक टौमाया गुरुङको सक्रियतामा सो रकम संकलन गरी स्याङतानलाई सहयोग गरेको समाजले जनाएको छ ।

यूरोयिबा गोल्ड कम्पनीमा कार्यरत स्याङतान उक्त कम्पनीमाका काम गर्न ६ महिना अघिमात्र नेपालबाट पुगेकी थिइन् । कम्पनी श्रोतका अनुसार उनलाई नेपालबाट आउदा नै अस्वस्थ रहेको र कार्यालय समयमा काम गर्न नसक्ने भएपछि बाध्य भएर फिर्ता पठाएको जनाएको छ ।
बुधबल गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment