Comments Add Comment

युरोप प्रवेशमा रोक लगाएको विरोधमा आप्रवासीले मुख सिलाए

refugees
८ मंसिर, काठमाडौं । युरोप प्रवेश गर्न खोज्दा गि्रस र मेसिडोनियाको सीमामा रोकेको विरोधमा आप्रवासीहरुले मुख सिलाएका छन् ।

इडोमेनी गाउँ नजिकै भएको प्रदर्शनमा इरानाका केही मानिसहरुले आफ्नो कपडा समेत फुकालेका थिए । मेसिडोनियाले सिरिया, एराक र अफगानिस्तानमा संघर्षमा बचेका प्रवासीहरुलाई मात्र आफ्नो सीमाबाट प्रवेश दिने गरेको छ ।

बाँकीका लागि बाटो बन्द गरिएको छ । र, यसको विरोधमा सयौं प्रवासीहरुले प्रदर्शन गरेका छन् । मुख सिलाएर विरोध गर्नेहरु इरानको कुर्द समुदायको भएको बताइएको छ । केही बंगलादेशीले पनि प्रदर्शन गरेको बीबीसीले जनाएको छ ।

पेरिसमा चरमपन्थी आक्रमण भएपछि युरोपीय सीमामा सुरक्षा समेत बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment