Comments Add Comment

भारतमा बढेको असहिष्णुताले आमिरलाई छोराछोरीको चिन्ता, श्रीमतीले दिइन् देश छाड्ने सल्लाहा

aamir-khan
भारतीय नायक अमिर खानले देशको खराब माहोलले गर्दा दिक्दार भएर श्रीमतीले देश छोड्ने सल्लाह दिएको बताएका छन् । खानको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा भारतीयहरुबीच समर्थन र विरोधको लहर चलेको छ ।

भारतमा बढ्दै गएको असहिष्णुताको मुद्दाले आफ्ना बच्चाको भविष्यप्रति चिन्ता लागेेको एक कार्यक्रममा उनले बताएका थिए । पत्रकारिता क्षेत्रको प्रतिष्ठित रामनाथ गोयनका पुरस्कार समारोहको अवसरमा उनले भने,-‘देशको यो माहोलले दिक्दार भएर मलाई श्रीमती किरण रावले देश छोड्ने सल्लाह दिएकी छिन् ।’

उक्त कार्यक्रममा केन्द्रिय मन्त्री अरुण जेट्ली र राजीव प्रताप पनि सहभागी थिए । आमिरले यो भनाई सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनको आलोचना एवं समर्थन गर्नेहरु बढेका छन् ।
दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले ट्वीट गर्दै भनेका छन्-‘आमिरले भनेका एक-एक शब्द सत्य छन् । म उनको सह्राना गर्छु ।’

आमिरसँगै केही चलचित्रमा काम गरेका अनुपम खेरले ट्वीट गर्दै भनेका छन्-‘प्रिय आमिर खान, तपाईले किरणसँग सोध्नुभयो कुन देश जान चाहनुहुन्छ ? तपाईले उनलाई भन्नुभयो कि भएन, यहि देशले तपाईलाई आमिर खान बनाएको हो ?’

अभिनेता अनुपम खेरकी श्रीमती किरण खेर भाजपाकी सांसद हुन् । केही दिनअघि अनुपम खेरले पुरस्कार फिर्ता गर्ने लेखक एवं कलाकारको जवाफमा ‘मार्च फर इण्डिया’ र्‍याली गरेका थिए र उनले भनेका थिए ‘देशको बद्नाम गर्ने कोशिस भईरहेको छ ।’

सामाजिक सञ्जालमा आमिरलाई भारतको प्रतिनिधित्व गर्ने कुनै पनि अवसर दिन हुन्न भन्नेेसम्मका टिप्पणीहरु पनि आएका छन् । पश्चिमी देशको भिसाका लागि दुतावासमा लाईन लाग्नेले आमिरको आलोचना गर्न नहुने अर्का एक ट्विट प्रयोगकर्ताको टिप्पणी रहेको छ ।

 के हो असहिष्णु आन्दोलन ?
उत्तर प्रदेशको दादरी मन्दिरमा गाईको मासु खाएको अभियोगमा एक दलितको हत्या भएपछि असहिष्णु आन्दोलन सुरु भएको थियो । यसअघि कन्नड लेखक कलबुर्गीको पनि हत्या भएको थियो । यसपछि नै हो भारतमा असहिष्णु आन्दोलन भड्किएको । त्यसपछि लेखक, चलचित्रकर्मीले अवार्ड फिर्ता सुरु गरे भने वैज्ञानिक समेतले सरकारको विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment