Comments Add Comment

अन्तर्राष्ट्रिय हात्तीपोलो : नेपालसहित चार देश विजयी

८ मंसिर,परासी, नवलपरासीमा जारी ३४ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालसहित चार देश विजयी भएका छन् ।

जसमा टाइगर टप्स टस्कर नेपाल, दि रस्टी कुर्किस युके, गोल ओए श्रीलङ्का र इएचफजी स्विट्जरल्याडका खेलाडी विजयी भएका छन् ।

पहिलो खेल सिआइएच सेन्टपल गिरिपिन्स अमेरिका र नेपालको टाइगर टप्स टस्कर बीच भएको थियो । जसमा गिरिपिन्सले चार गोल गरेको थियो भने टस्करले आठ गोल गरेको थियो ।

दोस्रो खेल थारु टाइगर्स नेपाल र गोल ओए श्रीलङ्काबीच भएको थियो जसमा थारु टाइगर्सले दुई र ओए श्रीलङ्काले आठ गोल गरेको थियो । तेस्रो खेलमा इएचफजी स्विट्जरल्याड र पुक्का चुक्कास अस्ट्रेलियाबीच भएको थियो त्यसमा स्विट्जरल्यान्डले नौ र अस्ट्रेलियाले पाँच गोल गरेको थियो । चौथो खेलमा दि ट्रिग्रिसिप अरेवियाले पाँच र दि रस्टी कुर्किस युकेले सात गोल गरेका थिए ।

टाइगर टप्स होटलको आयोजनामा बर्सेनि हुने प्रतियोगिता यस वर्ष नवलपरासीको कावासोती– १५ अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा जारी छ ।

यो खेल नेपालमा मात्र हुने अन्तर्राष्ट्रियस्तरको खेल हो । खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । बललाई हात्तीको सहयोगमा खेलाडीले पोष्टमा लगेर गोल गर्दछन् ।

प्रतियोगिताअन्तर्गत आज पनि चारवटा खेल हुँदै छन् । पहिलो खेलमा इङ्ल्याण्ड र श्रीलङ्का भिड्ने छन् । त्यसैगरी दोस्रो खेलमा अमेरिका र स्विड्जरल्याण्ड भिड्ने छन् भने तेस्रो खेलमा अरविया र नेपालको थारु लज टाइगर भिड्ने छन् । चौथो खेलमा टाइगर टप्स टस्कर र पक्क चक्क अस्ट्रेलियाबीच खेल हुने व्यवस्थापक डिबी चौधरीले जानकारी दिए ।

प्रतियोगिता अवलोकनका लागि विदेशी पर्यटकका अलावा स्थानीयवासी सर्वसाधारणको समेत भीड बढेको छ । प्रतियोगिता यही मङ्सिर ११ गतेसम्म सञ्चालन हुनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment